Home / समाज (page 2)

समाज

फरार प्रतिवादी पक्राउ

सप्तरंगी एफएम /२७ माघ २०७५ / मोरङ अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेष्ठ ३० गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी रंगेली नगरपालिका ४ बस्ने ठेङवा भन्ने रमेश मण्डललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मण्डललाई रंगेली नगरपालिका ४ बाट फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी ...

Read More »

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन

सप्तरंगी एफएम / २६ माघ २०७५ पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ । वहाँ शनिबार एउटा समारोहमा मन्तव्य राख्ने क्रममा बेहोस हुनुभएको थियो । शनिबार दिउँसो २ बजे पालिकाको ५ नम्बर वडाले आयोजना गरेको एउटा कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएर कार्यक्रम स्थलमै ढल्नुभएको थियो । बेहोस भएर ढलेलगतै स्थानीय स्वास्थ्य चौकीमा ...

Read More »

नियम बिपरित दशगजामा भारतीय बस्ति

सप्तरंगी एफएम, दमक / २४ माघ २०७५ / डिकेश लामा झापासँग सिमा जोडिएको भारतको बिहार राज्य अन्तर्गत किसनगञ्ज स्थित फत्तेपुर दश गजा क्षेत्रमा ६० घर परिवारको बस्ती रहेको छ । यस्ता बस्तीहरु अन्य क्षेत्रमा समेत बार्षिकरुपमा बढ्दै गईरहेका छन् । अन्तराष्ट्रिय नियम अनुसार दशजगा क्षेत्रमा दुवैले देशले उपभोग गर्न तथा भौतिक संरचना बनाउन नपाईने नियम भए पनि बार्षिकरुपमा बस्ती बढ्दै ...

Read More »

आगलागीबाट पाँचलाखको क्षति

सप्तरंगी एफएम , २४ माघ २०७५ रंगेली नगरपालिका-३ रंन्जनी बजारस्थित अग्नीप्रसाद पनेरुको गोठमा खोले पकाउनेक्रममा बिहीबार बिहान आगलागी हुँदा नजिकै रहेको परालको टालमा समेत आगो फैलिएर करिब५ लाख रूपैया बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ ।स्थानीयबासीको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिएको थियो ।

Read More »

कचनकवल ७ बालुबाडीको गगन आधारभुत बिद्यालयका बिद्यार्थिहरुलाई लायन्स क्लब अफ भद्रपुरको सहयोग

सप्तरङ्गी एफ.एम. दमक/माघ २३/झापाको पुर्वि दक्षिण गाउँपालीका कचनकवल वडा नम्बर ७ बालुबाडीमा रहेको गगन आधारभुत बिद्यालयका बिद्यार्थिहरुलाई लायन्स क्लब अफ भद्रपुरले बिद्यालय पोसाक बितरण गरेको छ । भद्रपुरका स्वर्गिय व्यवसायी ओमप्रकास गोयलको स्मृतिमा उहाँका भाई दिनबन्धु गोयलले उपलब्ध गराउनु भएका बिद्यालय पोसाक बिद्यार्थिहरुलाई आज एक कार्यक्रमका विच वितरण गरिएको हो । प्रदेश सभा सदस्य बसन्त बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ...

Read More »

ल्होसारको दिन झापामा विविध कार्यक्रम :जातीय विकृत हटाई एकतामा बाँधिन मन्त्री आङबोको आग्रह

सप्तरङ्गी एफएम दमक / २२ माघ २०७५ २८५५ औं सोनाम ल्होसारको दिन मंगलबार झापामा विविध कार्याक्रम गरी मनाइएको छ । तिव्बतीयन पात्रो अनुसार पुरानो कुकुर बर्ष खी ल्होलाई विदा गरी फाग ल्हो अर्थात बँदेल बर्षमा प्रवेश गरेको छ । यस अवसरमा झापामा रहेका तामाङले विभिन्न गुम्बा भेला भई पूजाआज र नाचगान सहित नयाँ बर्ष ल्होसार मनाएका छन् । यसैबीच ल्होसारको ...

Read More »

दमक ७ मा बिशेषज्ञ सेवा सहितको दुईदिने निशुल्क स्वास्थ्य शिविर हुने

सप्तरङ्गी एफएम , २२ माघ २०७५ सप्तरङ्गी एफएम , २२ माघ २०७५दमक नगरपालिका ७ नम्बर वडा कार्यालयको आयोजनामा बिशेषज्ञ सेवा सहितको दुईदिने निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । शिविर यहि माघ २५ र २६ गते दमक सातमा रहेको रेडक्रस भवनमा बिहान ८ बजेदेखी संचालन हुनेछ । शिविरमा आँखारोग ,स्त्रीरोग ,छालारोग,बालरोग ,हाडजोर्नी तथा नशा रोग, दाँत रोग सम्बन्धि विशेषज्ञ सेवा ...

Read More »

सेविका र बेलसिटी दमकद्वारा ह्विल चियर वितरण

सप्तरङ्गी एफ.एम. दमक / २० माघ २०७५ महिला लायनहरु आवद्ध लायन्स क्लब अफ सेविका दमक र लायन्स क्लब अफ दमक बेलसिटीले अपाङ्गता भएका पाँच जनालाई ह्वील चियर वितरण गरेको छ । दमकको नमुना वजारमा आज एक कार्यक्रम गरि ती ह्वील चियरहरु वितरण गरेका हुन् । मानवीय तथा परोपकारी कार्यमा सेवा पुरयाँउन उद्देश्यले द्धय लायन्सको संयुक्त पहलमा अपाङ्गता भएकाहरुलाई ती ह्वील ...

Read More »

बिरटनगरमा मृत भेटिएकी बालिकाको बलात्कार पछी हत्या भएको प्रहरीको पुस्टि

सप्तरङ्गी एफ.एम. दमक माघ २० मोरंगको विराटनगर महानगरपालिका–बलुवाईकी ११ वर्षीया बालिका रुपमती दासको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर ८ का २५ वर्षीय अब्बास अन्सारी र १८ वर्षीय चन्दु महतोलाई पक्राउ गरेको छ । दुबै जना लागूऔषध प्रयोगकर्ता हुन् । लागूऔषधको नसामा बालिकाको बलात्कारपछि हत्या गरेर शव खोलामा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ...

Read More »

गौरादह आरति नगरीमा कृषक समूह बीच अन्तरकृयात्मक विचार गोष्ठी

सप्तरङ्गी एफ.एम. दमक माघ २०झापाको गौरादह नगरपालीका वडा नम्बर ६ को आरती नगरीमा समुह अन्तरकृयात्मक विचार गोष्ठी आज सम्पन्न भएको छ । आदर्श मुल कृषक समुहले आयोजना गरेको गोष्ठिीमा कृषक समुहका प्रतिनिधीहरु १५० जनाको उपस्थिती रहेको थियो । गोष्ठीमा किसानहरुलाई खेती गर्दा आइपर्ने समस्या सामधान तथा कृषक समुहले खेल्नुपर्ने भुमिका, नगरपालिकाबाट छुट्यायिएको बजेटको सदुपयोग तथा वार्षिक उपलब्धी तथा किषानहरुका हकहितका ...

Read More »