Home / समाज (page 20)

समाज

आदिवासी कोच महिलाको अवस्थामा सुधार ल्याउन सरकारको ध्यानाकर्षण

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २/ झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा सहभागी जनप्रतिनिधिले कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा बढाउन आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । संवाद समूहको सचिवालय बिर्तामोडको आयोजनामा आज भएको कोच आदिवासी महिलाको पहुँच स्थानीय तहमा कसरी बढाउने ? यसमा तपाईंको प्रतिबद्धता पहल र सहयोग के रहन्छ ? भन्ने विषयमा भएको छलफलमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । ...

Read More »

बार्षिक उत्सवको अवसरमा स्वर्ण कमलद्वारा निशुल्क आँखा शिबिर

सप्तरङ्गी एफ.एम. दमक / २ मंसीर २०७५ स्वर्ण कमल बचत तथा ऋण सहकारी सस्थाको आयोजनामा  कमल गाउपालिक ६ लखनपुरमा आज निशुल्क आँखा शिबिर सम्पन्न भएको छ । शिबिरमा ४ सय जनाले आँखा जाच गराएका थिए  जसमध्ये  २० जनामा मोतिया बिन्दुको समस्या देखिएको र निशुल्क  अप्रेसनको लागि मेची आखा अस्पताल बिर्तामोड पठाइएको  आयोजक संस्था स्वर्णकमल सहकारीका सचिव राम मिश्रले जानकारी दिनुभयो ...

Read More »

ट्याक्टर संघको ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापा कन्काईमाई ट्याक्टर संघ दमकले आज आफ्ना सादस्यहरुलाई ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सन्चालन गरेको छ । ईलाका ट्राफिक प्रहरी कार्यालय दमकको सहकार्यमा ट्याक्टर व्यवसायीलाई ट्राफिक सचेतना सम्बन्धि कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष चन्द्रकुमार थापाले जानकारी दिनुभयो । सचेतना कार्यक्रममा ईलाका ट्राफिक प्रहरी कार्यालय प्रमुख दधिराम दाहालले ट्याक्टर सञ्चालन गर्दा अपनाउनु पर्ने ट्राफिक नियमको बारेमा जानकारी गराउनु भएको ...

Read More »

तक्मे बुढाद्वारा भुटानी शरणार्थि शिबिरमा सहयोग

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ हाँस्य कलाकार विल्सन विक्रम राई तक्मे बूढाले भूटानी शरणार्थी विधार्थीको अध्ययन सहयोगार्थ ५५ हजार ५ सय ५५ रुपयाँ सहयोग प्रदान गर्नु भएको छ । भूटानी शरणार्थी शिविर वेलडाँगीमा आज भएको कार्यक्रममा सो रकम शिविर सचीव टिकाराम रसाइलीलाई हस्तान्तरण गर्नु भएको हो । शिबिरबाट तेस्रो मुलुक पूर्नवास भएका नेपाली भाषी भूटानीहरुले आफूलाई पनि धेरै स्थानमा बोलाएर सहयोग ...

Read More »

महिला विभेदसम्बन्धी अभियान शसक्त बनाउनु पर्नेमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको जोड

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ प्रदेश नम्बर २ का मुख्य मन्त्री लालबाबु राउतले महिला विभेदसम्बन्धी अभियान प्रदेश नम्बर १ मा पनि शसक्त बनाउनु पर्ने मा जोड दिनु भएको छ । आज झापामा मुश्लिम उत्थान तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री राउतले वेटी पढाऊ, वेटी बचाऊ अभियान प्रदेश नम्बर १ को पिछाडिएका मुश्लिम समूदायमा पनि आवश्यक भएकोले स्थानीय सरकारले प्राथमिकता दिनु पर्ने बताउनु ...

Read More »

जुरोपानी बहुद्देस्सीय सहकारीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ झापाको गौरादह नगरपालिका ८ स्थित जुरोपानीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जुरोपानी बहुउद्देश्य सहकारी संस्था लि. ले २० औँ स्थापना दिवशको अवसरमा आयोजना गरेको रक्तदानमा ४७ जना ले रगत दान गरेका छन् । जुरोपानी चोकमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा ४ जना महिलाले रगत दान गरेका थिए भनें वडा नं. ७ का वडाध्यक्ष वलराम खरेलले यसपटक ...

Read More »

दमकमा कर दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/मंशिर १/ आन्तरिक राजस्व कार्यालय दमकको आयोजनामा आज ७ औं कर दिवस मनाईएको छ । त्यसैगरी आज बाट सात दिन सम्म कर सप्ताह मनाउने गरि कार्यक्रमको सुभारम्भ गरिएको छ । कर दिवस मनाउने तथा कर सप्ताहको सुभारम्भ गर्ने क्रममा आज दमकमा र्याली निकालीएको छ । र्याली पछि दमक चौमा पुगेर रक्तदान कार्यक्रम गरिएको छ । नेपाल रेडक्रस सोसाईटी ...

Read More »

गाउँको विचमा खोल्नलागीएको सिमेन्ट फ्याक्ट्रिले प्रदुसण बढाउने भन्दै कमल १ तोपगाछीका स्थानियको बिरोध

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ झापाको कमल गाउँपालिका १ का स्थानीयबासीले सिमेन्ट कारखाना अथवा इट्टाभट्टा सञ्चालन हुँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने र गाउँ छाडेर विस्थापित हुनुपर्ने अवस्था आउन सक्ने भन्दै सञ्चालन अनुमति नदिन माग गरेका छन् । साबिक तोपगाछी २ मा दमकका ब्यवसायी गुणराज थापाले सञ्चालनमा ल्याउन लागेको सिमेन्ट कारखाना घना बस्ती भित्र पर्ने भन्दै टोल बिकास समितिले कुनै पनि हालतमा ...

Read More »

गौरादहमा सामुदायीक प्रहरी नगर समिति गठन

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २९/ “हर प्रहर , गाउँ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने मुल नारा सहित समाजमा शान्ति सुरक्षा प्रदान गर्न झापाको गौरादहमा नगरपालीका स्तरिय “सामुदायिक प्रहरी नगर समिती गौरादह” गठन गरिएको छ । समितिको सहायता बाट समाजमा हुन सक्ने विभिन्न किसिमका सम्भाबित आपराधिक घटना हुन नदिन त्यस्ता आपराधिक गतिबिधि लाई दुरुत्साहन गर्न तथा हरेक नागरिकले सान्तिपुर्ण जीवन ...

Read More »

अब हरेक हप्ताको शुक्रबार दमक बजार बन्द रहने

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २८/ चाडपर्वमा खुल्ला रहेको दमकको वजार आगामी शुक्रबारदेखि साप्ताहिक रुपमा एक दिन वन्द हुने भएको छ । साताको शुक्रवार बन्दहुदै आएको दमकको वजार आगामी शुक्रवारदेखि पुनः साप्ताहिक रुपमा एक दिन बन्द हुने भएको हो । दमक उद्योग वाणिज्य संघले आज माइकिङ्ग गरि वजार वन्द हुने सूचना सार्वजनिक गरिएको संघका प्रथम उपाध्यक्ष गोपाल गुरागाईले जानकारी दिनुभयो । गत ...

Read More »