Home / समाज (page 22)

समाज

ईलामको चुलाचुलीमा पहिलो पटक बिजुली बलेपछि गाउँलेहरु हर्षित

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २० / ईलामको चुलाचुली गाउँपालीका को दुई ३ र ४ नम्बर वडाका बिभिन्न गाउँहरुमा पहिलो पटक बिद्युत बालिएको छ । बर्सौं देखी अँध्यारोमा बस्दै आएको गाउँलेहरु तिहार संगै गाउँमा बिजुली बल्न थालेपछि हर्षित भएका छन् । गाउँपालीका, वडा कार्यालय र स्थानियबासीहरुको सहकार्यमा वडा नम्बर ३ का गिरी टोल, मिलन चौक साथै वडा नम्बर ४ का सातपत्रे, लोकमार्ग चौक ...

Read More »

संस्कार, संस्कृतिको संरक्षण र संबद्र्धन गर्न कांग्रेस दमक नगरको देउसी

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ नेपाली कांग्रेस दमक नगर समितिले संस्कार र संस्कृतिको संरक्षण र संबद्र्धन गर्न भन्दै आज देखी देउसी कार्यक्रम सुरु गरेको छ । परम्परागत देउसी भैलो भन्दा पनि पछिल्लो समय आधुनिक गितहरुमा नाचगान गर्ने क्रम बढेको भन्दै कांग्रेस नगर समितीले परम्परागत रुपमा मादल बजाउँदै देउसी खेलेको पार्टिका नगर सभापती रोशन विष्टले जाानकारी दिनुभयो । आज बिहान वडा नम्बर ...

Read More »

झापाको गौरादह ९ बैगुन्धुरास्थित दहगाउँको सिमासार क्षेत्रलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ झापाको गौरादह नगरपालिका वडा नं ९ बैगुन्धुरा बजारबाट करिब ३ किलोमिटर नजिकै पर्ने दहगाउँको सिमासार क्षेत्रलाई पर्यटन प्रवद्र्धनका रुपमा विकास गरिने भएको छ । सन्थालबस्ती क्षेत्रमा रहेको दहगाँउ खाली सिमसार क्षेत्रलाई आन्तरिक पर्यटन, प्रवद्र्धन गर्न स्थानीयहरुले तयारी थालेका छन् । स्थानीय राजनीतिक तथा सामाजिक अगुवा चन्द्र बहादुर खड्काले बर्षौं अघिदेखि दहका रुपमा रहेको त्यस स्थानमा पानीको ...

Read More »

मिनेसोटामा बहुसांस्कृतिक तथा कोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ अमेरिकाको मिनेसोटामा रहेका भूटानी समूदायले नेपालीभाषी भूटानी समूदायको विकासका लागि बृहत साँस्कृतिक कार्यक्रम हिँजो नोमेम्बर ३ तारिखमा सम्पन्न गरेका छन् । खासगरी अमेरिकामामा रहेका नेपालीभाषी भूटानी समुदायमा सामाजिक सेवा, शैक्षिक सहयोग तथा अन्य साँस्कृतिक विकास र संरक्षणका लागि बहुसाँस्कृतिक कार्याक्रम गरिएको कार्यक्रम संयोजक पुष्प भण्डारीले बताउनु भयो । भूटनिज कमुनिटी अफ मिनेसोटाका अध्यक्ष मोहन चौहानको अध्यक्षता ...

Read More »

दमकको वडा नम्बर ५को वडा कार्यालय स्थापना

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ दमकको वडा नम्बर ५ आज देखी वडा कार्यालयमा स्थानन्तरण भएको छ । स्थानिय दिपिनि बिद्यालय अगाडी एक घर भाडामा लिएर वडा कार्यालय सन्चालनमा ल्याईएको हो । आज एक कार्यक्रमका विच प्रदेशसभा सदस्य अर्जुन राईले वडा कार्यालयको उद्घाटन गर्नु भयो । यस अघि नगरपालीकाबाटै वडा कार्यालय सञ्चालन हुँदै आएकोमा आफ्नै वडामा घर भाडामा लिएर कार्यालय सञ्चालन गरिएको ...

Read More »

झापाको आलु पकेट क्षेत्रमा मेशिनबाट आलु रोप्न सुरु

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १७/ ५ दिन लगाएर रोपिने आलु आधा घण्टा नभई रोपिसक्दा झापाका कृषकहरु दंग परेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना व्यवसायिक कृषि उत्पादन केन्द्र अन्तर्गत झापाको एक मात्र आलु पकेट क्षेत्रमा मेशिनको प्रयोगबाट समूहले नै आलु खेती शुरु गरेका हुन् । १ विगाह आलु रोप्न ३० जना खेतालालाई १ दिन लाग्ने समय अव १ घण्टामा झरे पछि ...

Read More »

शहिद धर्मभक्त माध्यमिक विद्यालय कमलको स्वर्ण महोत्सव समारोह मनाउने भब्य तयारी

सप्तरङ्गी एफ.एम. दमक / कात्तिक १७  , २०७५ झापाको कमल गाउँपालीका वडा नम्बर ३ स्थित श्री शहिद धर्मभक्त माध्यमिक विद्यालयले आफ्नो स्वर्ण महोत्सव समारोह मनाउने तयारी धमाधम भैरहेको जनाएको छ । स्वर्ण महोत्सव समारोह मनाउनका गठित  विभिन्न उप समिती अन्तरगत आर्थिक समितिले शुक्रबारबाट आर्थिक संकलन लाई तिब्र बनाएको छ । स्वर्ण महोत्सव सम्पन्न गर्नका लागि  सबै समिती सक्रिय रुपमा लागी ...

Read More »

चिमरिया बन्धुको केन्द्रिय भेला झापाको सुरुङ्गामा सम्पन्न , चिमरिया बन्धु प्रतिष्ठान नेपालको गठन

सप्तरंगी एफएम , सुरुङ्गा / कार्तिक १७  गते , २०७५ चिमरिया बन्धुको केन्द्रिय भेला झापाको सुरुङ्गामा सम्पन्न भएको छ । विश्वभर छरिएर रहेका चिमरिया बन्धुहरुविच आपसि एकता र भाइचारा स्थापित गर्ने उद्धेश्यले चिमरिया बन्धु प्रतिष्ठान नेपालको समेत गठन गरिएको छ । घनश्याम चिमरिया –झापा ) को अध्धयक्षतामा गठित समितिको उपाध्यक्षमा प्रेम चिमरिया – झापा ) , बिष्णुबहादुर चिमरिया – काभे) र ...

Read More »

झापाको गौरिगञ्जमा १८ बर्षिया युवति बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १६ ,  २०७५  झापाको गौरीगंजमा बलात्कारको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । आफ्नै संरक्षणमा रहेकी १८ बर्षिया एक युवतिलाई प्रलोभनमा पारी यौन सम्पर्क गरेको आरोपमा गौरिगञ्ज गाउँपालिका वार्ड नं ६ खजुरगाछी निवासी चैतु ताजपुरियालाई प्रहरीले पक्राउ गरेको हो । पिडित युवतीका बुबाले प्रहरीमा किटानी जाहेरी दिए पछि प्रहरीले आज स्थानिय जुरोपानीबाट अन्दाजी ५० वर्षिय ताजपुरियालाई पक्राउ ...

Read More »

दमकको सडकमा जडान गरिएको सोलार वत्ती दुई बर्ष भित्रैमा काम नालग्ने अवस्थामा , नगरपालीकाले मर्मतमा चासो नदिंदा लाखौंको सम्पत्ति उपयोग बिहिन बन्दै

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १६ , २०७५  दुई वर्ष अघि दमक चौंकको सडकमा जडित सोलार सडक बत्ती स्थानिय सरकारले चासो नदिँदा उपयोगविहिन बन्दै गएको छ । शहरी सडक सौय वत्ती कार्यक्रम अन्तर्गत दमक चौंकको सडकमा जडित सोलार वत्ती दुई वर्षकै अवधिमा काम नलाग्ने अवस्थामा पुगेको हो । ती सोलार सडक बत्ती मर्मत गर्न नगरपालीकाले चासो नदिदाँ बिग्रिंदै गएका छन् । दमक ...

Read More »