Home / ट्रेन्डिङ्ग (page 4)

ट्रेन्डिङ्ग

झापाको अर्जुनधारामा स्कुल बसको ठक्करबाट एक ब्यक्तिको मृत्यु , ओखलढुंगामा यात्रीबहाक जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो

सप्तरङ्गी एफ.एम.दमक/असार २०/ झापाको अर्जुनधारा नगरपालीका स्थित शनिश्चरेमा स्कुल बसको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ । शनिश्चरे– बुधबारे सडकमा पर्ने अर्जुनधारा ९ को मगरचोकमा स्कूलबसले ठक्कर दिँदा मोटरसाइकल चालक बुद्धशान्ति गाउँपालीकाका राजेश खनालको ज्यान गएको हो । आज बिहान करिब ११ बजे विर्तामोडको बाल्मिकी एजुकेसन फाउन्डेसनको मे. १ ख २०१९ नम्बरको बस र मे. ६ प ३६३३ नम्बरको मोटरसाइकल ...

Read More »

वर्षाका कारण आठ जिल्लामा कम्तीमा ११ को मृत्यु

सप्तरङ्गी एफ.एम.दमक/असार १९/ दुई दिनदेखि भएको निरन्तर वर्षाका कारण तराईका कतिपय जिल्ला डुबानमा परेका छन् भने पहाडी भेगमा पहिरोले क्षति पु¥याएको छ । पहाडी क्षेत्रमा पहिरो र तराईका जिल्लाहरुमा डुबानमा परेर कम्ती ११ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । वर्षाका कारण हुने विपद्लाई ध्यानमा राखेर सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आफ्नो कार्यक्षेत्र नछोड्न एवम् आवश्यक राहत र उद्धारको ...

Read More »

बार्षिक करोडौंको तास आयात ।

सप्तरङ्गी एफ.एम.दमक/असार १९/ सुन्दा अचम्म लाग्न सक्छ, जुन वस्तु उपयोग गर्न मुलुकको कानुनले बन्देज लगाएको छ त्यही वस्तु वार्षिक करोडौं रुपैयाँको आयात भइरहेको छ । त्यो वस्तु हो– तास । मनोरञ्जनका लागि जुवाघर अर्थात् क्यासिनो (विदेशीलाई मात्र) बाहेक अन्य ठाउँमा बर्जित गरेको तास पानपसलदेखि डिपार्टमेन्ट स्टोरसम्म खुलेआम बिक्री भइरहेको छ । सरकारले तास खेल्नेलाई कारबाही गर्दै आए पनि यसको बिक्रीवितरणमा ...

Read More »

सांसदहरुलाई पानिजहाजको भाडा १५ रुपैयाँ मात्रै , पानिजहाज चढेरै संसद भवन बानेस्वर पुग्न थाले

सप्तरङ्गी एफ.एम.दमक/असार १९/ प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद प्रकाश रसाइलीले सधैं पानी जहाज चढेरै संसद भवन पुग्ने गरेको बताउनु भएको छ । सामान्य पानी पर्दा समेत काठमाडौंका अधिकांश सडक पानीले जलमग्न हुने तर, सरकारले पानी जहाँज र रेलकै सपना बांडिरहेको प्रति व्यङ्ग गर्दै रसाइलीले यस्तो व्यङ्ग गरेका हुन् । हिँजो सोमबार संसदमा विशेष समय लिएर बोल्दै उहाँले आफु लगायत ...

Read More »

दमक बहुमुखी क्याम्पसका प्रमुखलाई हातपात गर्ने बिद्यार्थि नेता भण्डारी क्याम्पसबाट निश्कासीत

सप्तरङ्गी एफ.एम. दमक/असार १७/ विद्यार्थीले क्याम्पस प्रमुख माथि हातपात गरेको भन्दै झापाको दमक बहुमुखी क्याम्पसले एक जना विद्यार्थी नेतालाई निष्कासन गरेको छ । दुई दिन अघि क्याम्पस प्रमुख उत्तम भट्टराईमाथि क्याम्पसकै स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियू) सचिव रोशन भण्डारीले हातपात गरेको भन्दै भण्डारीलाइ आजदेखि क्याम्पसबाट निस्कासन गरिएको हो । क्याम्पसका प्राध्यापकसहितको संयुक्त बैठकले स्नातक दोश्रो वर्षमा अध्ययनरत स्ववियू सचिव भण्डारीले क्याम्पसको ...

Read More »

दमक क्षेत्रमा भोली बिहान ८ बजे देखी दिउँसो १ बजे सम्म बिद्युत अबरुद्ध हुने

सप्तरङ्गी एफ.एम./दमक/असार १६/ दमक क्षेत्रमा भोली बिहान ८ बजे देखी दिउँसो १ बजे सम्म बिद्युत अबरुद्ध हुने भएको छ । नेपाल बिद्युत प्राधिकरण दमक बितरण केन्द्र अन्तर्गत १३२÷३३÷११ केभिएको पाडाजुंगी शब स्टेशनमा अपग्रेडको काम गर्नु पर्ने भएकोले भोली बिहान ८ बजे देखी दिउँसो १ बजे सम्म यस क्षेत्रमा बिद्युत अबरुद्ध हुने भएको बिद्युत प्राधिकरण दमक बितरण केन्द्रका प्रमुख राजीबकुमार सिंहले ...

Read More »

खगेन्द्र संग्रौलाको कडा टिप्पणी : ‘ओली हेर्दा ज्ञानेन्द्रको झल्को, वादल हेर्दा कमल थापाको’

सप्तरङ्गी एफ.एम./दमक/असार १६/ लेखक तथा टिप्पणीकार खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी ओलीलाई पूर्व राजा ज्ञानेन्द्रसँग तुलना गर्नु भएको छ । उहाँले गृहमन्त्री रामबहादुर थापाको बोलीले तत्कालीन गृहमन्त्री कमल थापाको झल्को दिएको भन्नु भएको छ । सरकारले पहिले शान्तिपूर्ण धर्ना र जुलुस हुँदै आएका स्थानमा भेला हुन निषेध गरेपछि व्यंग्यात्मक रुपमा लेखक संग्रौलाले कडा टिप्पणी गर्नु भएको हो । उहाँले यो निषेधाज्ञालाई ...

Read More »

दमक नगरको शिक्षा नियमावली तत्काल कार्यान्वयन नहुने : नगरपालीकाको नाउँमा सवोच्च अदालतको कारणदेखाउ आदेश

सप्तरङ्गी एफ.एम./दमक/असार १६/ नितिगत भ्रष्टचारलाई प्रस्रय दिएको साथै पञ्चायत कालीन टिके प्रथालाई बिउँताएको भन्ने आरोप लागेर खारेजिको माग हुँदै आएको दमक नगरपालीकाको शिक्षा नियमावली २०७४ तत्काल लागु नहुने भएको छ । दमक नगरापलीकाले बनाउँना साथ चौतर्पिm बिरोध हुँदै आएको नियमावली बिरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको थियो । उक्त मुद्धा माथि सर्वोच्च अदालतका कायम मुकायम प्रधान न्यायाधिस दिपकराज जोशीको नेतृत्वमा ...

Read More »

लायन्स क्लब अफ दमक सेवीकाको निशुल्क आँखा शिबिर सम्पन्न ।

सप्तरङ्गी एफ.एम.दमक/असार १३/ लायन्स क्लब अफ दमक सेवीकाले आज दमक ९ मा रहेको पाणीनी माविमा निशुल्क आँखा परिक्षण शिबिर सञ्चालन गरेको छ । लायन्स क्लबको साईड फर किड्स् कार्यक्रम अन्गर्तत आँखा परिक्षण शिबिर सञ्चालन गरिएको लायन्स सेवीकाकी अध्यक्ष रेगीना भट्टराई प्रसाईंले जानकारी दिनुभयो । बिद्यालयमा कक्षा १ देखी कक्षा १० सम्म अध्ययनरत ३ सय ५० जना बिद्यार्थिहरुको निशुल्क आँखा परिक्षण ...

Read More »

रतुवा पुल पश्चिम दमकमा सडक मर्मतमा गुणस्तरहीन सामाग्री प्रयोग , तत्काल काम रोक्न डिभिजन सडक कार्यालय दमकको निर्देशन

सप्तरङ्गी एफ.एम. दमक/असार १३/ पुर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत झापाको रतुवा पुल पश्चिम क्षेत्रको सडक मर्मत कार्यमा गुणस्तरहीन सामाग्री प्रयोग गरेपछि तत्काल काम रोक्न निर्देशन दिइएको छ । आर्थिक बर्ष सकिन लाग्दा जसो तसो काम सक्ने ध्येयका साथ डस्ट लगाउने स्थानमा बालुवा लगाइएको पाएकोले काम रोकिएको हो । पुस्कर निर्माण सेवा चारपाने झापाले निर्माण गर्दै आएको कार्य रोक्न निर्देशन दिएको ...

Read More »