Home / ताजा समाचार

ताजा समाचार

इलाम चुलाचुली स्थित शिखरकटेरीमा निशुल्क दन्त शिविर

असार ३ /दमक / सप्तरंगी एफएम इलामको चुलाचुली वडा नं. ५ को शिखरकटेरीमा आज निशुल्क दन्त शिविर सम्पन्न भएको छ । बाँझो गाऊँ माविको आयोजना तथा ओम शान्ति डेन्टल अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । शिविरमा १ सय ९० जना स्थानीयले दाँतको परिक्षण गराएका छन् । परिक्षणका क्रममा अधिकांशको दाँत किराले खाएको र फोहोर भएको दन्त चिकित्सक डा. ...

Read More »

झापाको मेचिनगर काकरभिट्टाबाट नयाँ एफएम रेडियो सञ्चालन हुने

असार ३ ।। झापाको मेचिनगर नगरपालीका स्थित काकरभिट्टाबाट नयाँ एफ एम रेडियो सञ्चालन हुने भएको छ । रेडियो साथीको नामबाट आगामी साउनको अन्तिम हप्ताबाट प्रसारण शुरु गर्ने आज आयोजित पत्रकार सम्मेलनमा रेडियो साथीका कार्यकारी निर्देशक ज्ञानेन्द्र निरौलाले जानकारी दिनुभयो । सामुदायिक सुचना तथा सञ्चार केन्द्र नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गर्न लागेको प्रसारण क्षमता ५०० वाट रहेको र रेडियो ९८.६ ...

Read More »

अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको जीवितै उद्धार , ३९ घण्टापछि उद्धार गरिएकाको अवस्था सामान्य ।

संखुवासभा / असार ३ संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको आज जीवितै उद्धार गरिएको छ । मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका उनीहरुको ३९ घण्टा पछि जीवितै उद्धार गरिएको हो । सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि उनीहरु गत शुक्रबार राति पौने ९ बजेबाट सम्पर्कविहीन थिए । सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । सुरुङभित्र २ ...

Read More »

एकल प्रयासमा विधार्थीहरुलाई शैक्षिक तथा खेलकुदका सामाग्री वितरण

असार ३ /बाझो  / सप्तरंगी एफएम इलामको चुलाचुली वडा नं. ५ मा रहेको बाँझो गाऊँ माविका विधार्थीहरुलाई आज शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गरिएको छ । स्थानीय सामाजिक युवा सञ्जय राईले आफ्नै पहलमा कक्षा १ देखि १० सम्मका विधार्थीलाई शैक्षिक सामाग्री वितरण गर्नु भएको हो । बिद्यालयमा रहेका १ सय ९० जना विद्यार्थीलाई कापी ,पेन्सिल ,डट पेन ,भलिबलसेट , फूटबल ...

Read More »

कमल गाउँपालिकाद्वारा गाउँपालिकाका बस्ति बस्तीमा योजना संकलन

असार ३ /कमल / सप्तरंगी एफएम झापाको कमल गाउँपालिकाले वडाका बस्ती बस्तीहरुमा योजना संकलन जारी राखेको छ । गत जेठ २५ गतेदेखि असार ५ गतेसम्म गाँउपालिकाका ७ वटै वडामा योजना संकलन कार्य जारी राखेको गाँउपालिकाले जनाएको छ । गाँउपालिकाका उपप्रमुख बेणु शिवाकोटीले गाउँपालिकाले पूर्वाधारसंगै समृद्ध गाउँँपालिका बनाउने योजनासहितका कार्यक्रम आगामी आर्थिक बर्षको वजेटमा समावेश गरिने बताउनुभयो । पहिलो वर्ष करिव ...

Read More »

भुटान सरकारले टार्गेट गरेकाले असुरक्षाको कारण उपचारनै नसकी नेपाल आएँ : डाक्टर भम्पा राई

असार ३ / दमक / सप्तरंगी एफएम भुटानि शरणार्थि अगुवा डाक्टर भम्पा राईले आफुलाई उपचारको फलोअप गर्न भारतको सिलिगुडी जानु पर्ने भए पनि असुरक्षा महसुुस भएकोले जान नसकेको बताउनु भएको छ । साथै उहाँले नेपाल सरकार र युएनएचसिआर संग उपचारमा जानकोलागी सुरक्षीत वातावरण निर्माण गरिदिन पनि आग्रह गर्नु भएको छ । आज आफ्नै निवासमा सहयोगकालागी आएकाहरुको सहयोग ग्रहण गर्दै डाक्टर ...

Read More »

मुद्रण उद्योग संघ झापाको चौथो बार्षिक साधारणसभा सम्पन्न

दमक / असार २ मुद्रण उद्योग संघ झापाको शनिवार दमकमा चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । दमक–९ स्थित कन्काइ पार्टी प्यालेसमा एक कार्यक्रम गरि संघले आफनो बार्षिक साधारणसभा सम्पन्न गरेका हुन् । मुद्रण उद्योग व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष गणेशकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा तथा संघका जिल्ला उपाध्यक्ष खड्कबहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको साधारणसभाको उद्घाटनमा मुद्रण उद्योग व्यवसायी महासंघकी केन्द्रीय सदस्य ...

Read More »

केर्खामा चन्द्रमुखी बाल समुहको सचेतनामुलक कार्यक्रम

सप्तरंगी एफएम / कमल / असार २ झापा कमल गाउँपालिका ३ केर्खा स्थित चन्द्रमुखी वाल वचत समुहको आयोजनामा शनिबार [आज]अन्तरक्रिया तथा चेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । समुहमा आवद्ध बालवालिकालाई संविधानमा उल्लेख भएका कानुका तथा ट्राफिक नियमका विषयमा जानकारी गराईएको थियो साथै कार्यक्रममा लागु औषध बिरुद्धको बारेमा डकुमेन्ट्रि समेत प्रदर्शन गरिएको समुहले जनाएको छ । चन्द्रमुखी वाल वचत समुहका ...

Read More »

भुटानी शरणार्थीद्वारा डाक्टर भम्पा राईलाई झन्डै डेढ लाख रकम सहयोग ,डाक्टर राईको स्वास्थ्यमा सुधार

सप्तरङ्गी एफ.एम./दमक / असार २ २ साता अघि देखि विरामी परेका डा भम्पा राईलाई आज भूटानी शरणार्थीहरुले संकलन गरेको १ लाख ४४ हजार ६ सय १२ रुपयाँ नगद सहयोग हस्तान्तरण गरिएको छ । भारतको सिलगुडी स्थित आनन्दलोक अस्पतालबाट आन्द्राको सल्याक्रिया गरेर ३ दिन अघि दमक आउनु भएका डाक्टर राईलाई शिविर व्यवस्थापन समिति पथरी शनिश्चरे र बेलडाँगीले सँयुक्तरुपमा सहयोग प्रदान गरेका ...

Read More »

दमकमा कुष्ठरोगका  बिरामीहरुको खोजी गरिने ,

सप्तरङ्गी एफ.एम. / दमक/ असार १ आज भन्दा ९ बर्ष अघि मुलुकबाटै उन्मुलन भैसकेको घोषणा गरिएको कुष्ठरोगका   बिरामीहरुको दमकमा खोजी गरिने भएको छ । आगामी असार ६ गते देखी दमकमा कुष्ठरोगीको खोजिका लागि अभियान सुरु गर्ने जनाईएको छ । आज दमकका सञ्चारकर्मीहरु संगको अन्तक्र्रिया कार्यक्रममा उक्त कुराको जानकारी दिईएको हो । कार्यक्रममा जिल्ला कुष्ठरोग रोकथाम कार्यक्रमका सुपरभाईजर परशुराम पोखरेलले ...

Read More »