Home / ताजा समाचार (page 10)

ताजा समाचार

पत्रकार महासंघ प्रदेश नम्बर १ ले प्रदेशका सबै स्थानिय तहमा ज्ञापनपत्र बुझायो

सप्तरङ्गी एफ.एम./असार ७/दमक झापाको गौरादह नगरपालीकाका प्रमुख रोहित कुमार शाहले नगरले गर्ने हरेक गतिबिधि सञ्चार मैत्री हुने बताउनु भएको छ । पत्रकार महासंघले बुझाएको ज्ञापनपत्र बुझ्दै नगर प्रमुख शाहले सञ्चारमाध्यम ससक्त नभए सम्म लोकतन्त्र बलियो नबन्ने भन्दै जनप्रतिनिधीहरुलाई खबरदारी गर्न समेत उहाँले पत्रकारहरुलाई आग्रह गर्नु भएको छ । नगरपालीकाले बनाउन लागेका बिभिन्न कानुनहरु सबै सञ्चार मैत्रि बनाउने पनि नगर प्रमुख ...

Read More »

आज चौथो अन्तराष्ट्रिय योग दिवस झापामा पनि मनाईयो

सप्तरङ्गी एफ.एम./असार ७/दमक चौथो अन्तराष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग दमक नगर समितिले बिभिन्न कार्यक्रम गरि मनाईएको छ । स्थानिय मेची सहकारी संस्थाको सभाहलमा भएको कार्यक्रममा वक्ताहरुले स्वस्थ रहनको लागी जिवनमा योगको महत्व रहेको बताएका थिए । नगर समिति अध्यक्ष दुर्गा भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतितिथ दमक नगर प्रमुख रोमनाथ ओलीले स्वास्थ रहनको लागी योग संगै हाम्रा आहार बिहार ...

Read More »

गर्मि बढेसंगै झापामा भाईरलका बिरामी बढे , उपचार गर्न आउने अधिकांश बालबालीका

सप्तरङ्गी एफ.एम. /असार ७ दमक/ गर्मी बढेसंगै झापाका विभिन्न क्षेत्रमा भाइरल रोगको संक्रमण देखिएको छ । जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा दैनिक जसो उपचार गर्न आउने विरामीहरुको संख्या ह्वात्तै बढेको छ । दमक अस्पतालका अधिक्रित नगेन्द्र भट्टराईका अनुसार गर्मी बढेसंगै भाइरल रोगको संक्रमण बढ्ेको छ । भाइरलका कारण स्वास्थ्य संस्थाहरुमा यस्ता विरामीहरु आउने क्रम बृद्धि भएको छ । अधिक्रित भट्टराईले गर्मीका ...

Read More »

मुख्यमन्त्रीलाई बुझाए शरणार्थिले ज्ञापनपत्र

सप्तरङ्गी एफ.एम./असार ६ दमक/डिकेश लामा/ विश्व शरणार्थी दिवशको अवसर पारेर आज आफ्नो देश फर्कन चाहाने भूटानी शरणार्थीहरुले प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राई सम्बोधन गरी प्रदेश नम्बर १ का प्रमुख न्यायधिबक्ता चुणामणी आचार्य लगायत यूएनएचसीआरलाई ज्ञापन पत्र बुझाइएको छ । भूटान स्वतन्त्र जनमञ्च, राष्ट्रिय पुनर्मिलन समिति भूटान र भूटानी शरणार्थी स्वदेश फिर्ती जेष्ठ नागरिक समितिले छुट्टा छुट्टै ज्ञापन ...

Read More »

भुटानी शरणार्थिको ९० प्रतिश समस्या समाधान भईसक्यो : नेपाल सरकार , मागको सुनवाई भएन : शरणार्थि

सप्तरङ्गी एफ.एम./असार ६ दमक/डिकेश लामा/ अढाई दशक देखि पूर्वी नेपालमा बसोवास गर्दै आएका भूटानी शरणार्थीहरुको समस्या ९० प्रतिशत समाधान भईसकेको बताइएको छ । विश्व शरणार्थी अवलोकन दिवश २०१८ को आज भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सो कुरा बताउनु भएको हो । तेस्रो मुलुक स्थानान्तरण भएर ९० प्रतिशत समस्या समाधान भए पनि बाँकी रहेका ...

Read More »

चन्द्रदर्शन सहकारीको बर्षिकउत्सव सम्पन्न

सप्तरङ्गी एफ.एम./असार ६/दमक/ झापाको कमल गाउँँपालिका–५ पाडाजुंगीमा रहेको चन्द्र दर्शन बचत तथा ऋण सहकारी संस्थाले आज आप्mनो सातौ बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । संस्थाको प्राङगणमा कार्यक्रम गरि संस्थाले खुल्ला रक्तदान, दन्त शिविर तथा महिलाका रोग सम्बन्धी निशुल्क स्वास्थ्य शिविर समेतको सम्पन्न गरेको छ । त्यस्तै, संस्थाले दमकको रक्तसञ्चार सेवा केन्द्रलाई १० थान प्लाष्टिकको फोल्ङि कुर्सी समेत हस्तान्तरण गरेको ...

Read More »

विपक्षी दलका सांसदद्वारा प्रदेश नम्बर १ सरकारले ल्याएको बजेटको विरोध

सप्तरङ्गी एफ.एम./असार ६/दमक/ प्रदेश नम्बर १ का विपक्षी दलका सांसदहरुले प्रदेश सरकारले ल्याएको बजेटको विरोध गरेका छन् । विनियोजना विधेयकमाथिको छलफलमा सहभागी हुँदै प्रतिपक्षका सांसदहरुले परम्पारगत बजेट आएको बताए । सांसद हिमाल कार्कीले आवश्यकता र औचित्यको आधारमा भन्दा पहुँच र प्रभावको आधारमा बजेट विनियोजन भएको बताउनु भयो । जिल्लामुखी र क्षेत्रमुखी बजेट आएको र स–साना योजनाको नाममा कनिका छर्ने काम ...

Read More »

धनकुटामा राखिएको बम नेपाली शेना द्वारा निष्कृय

सप्तरङ्गी एफ.एम./असार ६/दमक/ धनकुटाको पाख्रीवासस्थित कञ्चनजंघा कन्ट्रक्सन कम्पनीको कार्यालयलाई लक्षित गरेर राखिएको ग्रिनेट बम आज नेपाली सेनाले निष्कृय पारेको छ । पाख्रीवास नगरपालिका–४ मा रहेको कम्पनीको कार्यालय नजिक गएराति रेडवुलको बट्टामा राखिएको अवस्थामा बम फेला परेको थियो । प्रहरीले सुरक्षा सर्तकता बढाएर सो क्षेत्रलाई नियन्त्रणमा राखी बम निष्कृय पारिएको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार रेडबुलको ...

Read More »

कोशी नदीमा स्काभेटर बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु

सप्तरङ्गी एफ.एम./असार ६ दमक/ कोशी नदीमा स्काभेटर बोकेको ट्रक खस्दा दुईजनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । को १ क १०४३ नम्बरको स्काभेटर बोकेर पश्चिम बाट पूर्व आउंदै गरेको ना ४ ख ३५६ नम्बरको ट्रक कोशी ब्यारेजको १९–२० नम्बरको ढोका नजिकबाट नदिमा खसेको हो । लोड बढी भएको कारण पुलबाट ट्रक खस्दा ट्रक चालक सुनसरी बराह ...

Read More »

यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गर्न अझै पाँच-सात दिन लाग्ने जनाएको छ । यसअघि आजै बुधबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी तयारी अगाडि बढाएको बोर्डले जानकारी दिएको थियो । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले नतिजा सार्वजनिकका लागि उत्तरपुस्तिका ‘इन्ट्री र रुजु’ गर्ने काम भइरहेकाले त्यो काम सकेपछि मात्रै नतिजा सार्वनिक हुने ...

Read More »