Home / ताजा समाचार (page 20)

ताजा समाचार

दमकमा तिन स्रष्टाको गजल महफिल सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ गजल घर नेपाल प्रदेश नम्बर १ को आयोजनामा आज दमकमा तिन जना गजलकारहरुको महफिल साँझ सम्पन्न भएको छ । उर्लाबारी गजल मञ्चको सहकार्यमा सम्पन्न भएको महफिलमा झापाकी गजलकार ईन्दिरा कुमाल, काठमाण्डौकी गजलकार चन्द्रा चाम्लिङ र डोल्पाकी गजलकार कुन्साङ लामाले आ आफ्ना गजल बाचन गर्नु भएको हो । गजलकार त्रय कुमाल, चाम्लिङ र लामाले ७÷७ वटा गजल ...

Read More »

अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गौरादह नगरपालीकाको अभिनन्दन

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २२/ अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई गृह नगरमा आज अभिनन्दन गरिएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ स्थित बैगुनधुरामा आज एक कार्यक्रमबीच उहाँलाई नगरपालिकासहित अमर माध्यमिक विद्यालयले नागरिक अभिन्नदन गरेको हो । उहाँ बैगुनधुराका बासिन्दा हुनुहुन्छ । विद्यालयले आफनो स्वर्णमहोत्सवको अवसर पारेर आजदेखि शुरु श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ तथा धार्मिक महोत्सवको उद्घाटनमा अर्थमन्त्री खतिवडालाई देशको अर्थनीति र ...

Read More »

गौरदहमा नेकपाले बहुमतको दम्भ देखाएको गौरिगञ्ज कांग्रेसको ठहर

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ झापाको गौरादह नगरपालिकामा तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले स्थानिय सरकार सञ्चालन ऐन र कानुनलाई मिचेको भन्दै नेपाली कांग्रेस गौरीगंज गाउँसमितिले आज एक विज्ञप्ति प्रकाशित गरि आपत्ति जनाएको छ । नेपाली कांग्रेस गौरीगंज वार्ड नं १ का सभापति दिनेश्ववर राजवंशी, वार्ड नं २ का सभापति अघनु राजवंशी, वार्ड नं ३ का सभापति राजेन्द्र कार्की र वार्ड नं ...

Read More »

कमल गाउँपालीका बाँसबारिमा स्वास्थ्य शिबिर सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ झापाको कमल गाउँपालिका वडा नम्वर १ स्थित बाँसवारि आधारभुत विध्यालयमा आज एक दिने निशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ । वर्क फर नेपालको आयोजना तथा हेल्पिङ्ग हेण्ड फर रिलिफ एण्ड डेभलोपमेन्ट अर्थिक सहयोग मा सम्पन्न शिविरको व्यवस्थापन कमल गाउँपालिका वडा नम्बर १ को वडा कार्यलयले गरेको थियो । त्यसैगरी शिबिरमा आम्दा नेपालको प्रविधिक सहयोग रहेको थियो ...

Read More »

दमकको बशिष्ठ संस्कृत गुरुकुल विद्यापीठलाई दमकका महिलाहरुद्वारा खाद्यान्न सहित विभिन्न सामाग्री प्रदान

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ दमक ४ स्थित बशिष्ठ संस्कृत गुरुकुल विद्यापीठलाई दमकका महिलाहरुको एक समूहले आज खाद्यसहित विभिन्न सामाग्रीहरु प्रदान गरेका छन् । दमक ५ मा रहेको शुभलक्ष्मी महिला समूहले गएको तिहारमा देउसीभैली खेलेर संकलन गरेको रकमबाट विद्यापीठलाई विभिन्न सरसमानहरु खरिद गरि हस्तान्तरण गरेका हुन् । समूहले करिव १० हजार मूल्य बरावरका भाडावर्तन, चामल, दाल, तेल, भुजा लगायतका सामाग्रीहरु रहेका ...

Read More »

इटहरीमा बिहिबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ सुनसरीको इटहरी उप–महानगरपालिका ४ मा हिँजो बिहिबार साँझ बिष्कुट अड्किएर ६ बर्षीया बालिकाको मृत्यु भएको छ । साँझ पौने ८ बजेको समयमा सोही स्थान बस्ने संजिब चौलागाईकी छोरी श्रुती चौलागाईले बिस्कुट खाने क्रममा घाँटीमा अड्किएको थियो । घाँटीमा बिष्कुट अड्किए पछि बालिकालाई तत्काल उपचारको लागि स्थानीय बिदान्त मेडिकल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी ...

Read More »

अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्गत कमल गाउपालीकामा र्याली

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियान अन्तर्गत आज झापाको कमल गाउपालीकामा कार्यक्रम गरिएको छ । कमल गाउँपालीका ३ स्थित केर्खा बजारमा महिला हरुले महिला अधिकार सहितका प्ले कार्ड लिएर बजार परिक्रमा गरेका छन् । स्थानिय उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा भएको कार्यक्रममा लैंगिक हिंसा र दुव्र्यवहार छैन हामी लाई स्वकार, लैंगिक हिंसा अन्त्यकालागी कोहि पनि नछुटौं, महिला ...

Read More »

दमक ट्राफिकद्वारा सचेतना कार्याक्रम

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ ईलाका ट्राफिक प्रहरी कार्यालय दमकले जिल्ला रेडक्रस झापा संगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला झापाको आयोजनामा भैरहको ट्राफिक सप्ताह कार्यक्रम अन्गर्तत ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको ईलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले जानकारी दिनुभयो । अभियान अन्तर्गत आज दमकको मुख्य चौकमा ट्राफिक सचेतना लेखिएका ब्यानरहरु राखिएको उहाँले ...

Read More »

गौरादहको कञ्चनजंघा आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक समाग्री बितरण

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २१/ झापाको गौरादह ४ मा रहेको कञ्चनजंघा आधारभूत विद्यालयमा न्यानो कपडा र शैक्षिक समाग्री बितरण गरिएको छ । दमकका स्टेशनरी व्यवसायी, लायन्स क्लब र बालिका देन्सु योगीले सयुक्त रुपमा स्टेशनरी समाग्री हस्तान्तरण गरेका हुन् । योगीले नवौ जन्मदिनका अबसरमा विद्यालयका विद्यार्थीहरुलाई स्वीटर बितरण गर्नु भएको थियो । यस्तै लायन्स क्लब अब गौरादह ग्रिन सिटीले समेत न्यानो कपडा ...

Read More »

भट्टराई क्लिनिक दमकमा प्रसुति तथा स्त्री रोग बिशेषज्ञको सेवा सुरु

सप्तरङ्गी एफ.एम. दमक/मंशिर २०/ दमक ६ नगरपालीका अगाडी रहेको भट्टराई क्लिनिकले बिशेषज्ञ चिकित्सकबाट सेवा दिन सुरु गरेको छ । दमककै पुरानो औषधि क्लिनिको रुपमा परिचिति भट्टराई क्लिनिकले प्रसुति तथा स्त्री रोग बिशेषज्ञ चिकित्सकबाट दैनिक सेवा दिन सुरु गरेको हो । बिक्रम संबत २०४० साल देखी सोहि ठाउँमा रहेर यस क्षेत्रका नागरिकाहरुको स्वास्थ्यमा सेवा दिँदै आएको क्लिनिकले सुरुवाति चरण देखीनै बिभिन्न ...

Read More »