Home / ताजा समाचार (page 3)

ताजा समाचार

मुख्यमन्त्री शेरधन राई निजि शोरूम उद्घाटन गर्न हेलिकोप्टर चढेर ओखलढुंगामा

सप्तरंगी एफएम /२७ माघ २०७५ ओखलढुंगा / प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राई महिन्द्रा कम्पनीको शोरुम उद्घाटन गर्न हेलिकप्टर चढेर ओखलढुंगा आउनुभएको छ । सिद्धिचरण नगरपालिका वडा नं. ५ वर्णालुमा रुम्जाटार अटोमोबाइल्स प्रालिले सञ्चालन ल्याएको शोरुम उद्घाटन गर्न मुख्यमन्त्री राई सोलुखुम्बुको पत्ताले हुँदै रुम्जाटार आउनुभएको हो ।   मुख्यमन्त्री राई प्रदेश सभाका सांसद अम्बीरबाबु गुरुङसहित सोलुखुम्बुको पत्तालेमा केही समय हेलिकप्टर ...

Read More »

गड मदर एकाडेमीद्वारा सरस्वती पुजाका अबसरमा विद्यार्थीलाई निशुल्क भर्ना

सप्तरंगी एफएम /२७ माघ २०७५ दमक / दमक ८ मा रहेको गड मदर एकाडेमीले सरस्वती पुजाका अबसरमा विद्यार्थीलाई निशुल्क भर्ना गरेको छ । विद्यालयमा नयाँ भर्ना आएका ३५ जना विद्यार्थीको निशुल्क भर्ना गरिएको हो । विद्यालयकी प्रिन्सीपल गुण ओझाले सरस्वती पुजाका अबसरमा विद्यार्थीले सामुहिक रुपमा पुजा गरेको बताउनुभयो । त्यस्तै नयाँ भर्ना भएका विद्यार्थीलाई उपहार सहित स्वागत गरिएको थियो । ...

Read More »

फरार प्रतिवादी पक्राउ

सप्तरंगी एफएम /२७ माघ २०७५ / मोरङ अपहरण तथा कर्तव्य ज्यान मुद्दामा उच्च अदालत विराटनगरको २०७४ जेष्ठ ३० गतेको फैसलाले २० वर्ष कैद सजाय ठहर भई फरार रहेका प्रतिवादी रंगेली नगरपालिका ४ बस्ने ठेङवा भन्ने रमेश मण्डललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले मण्डललाई रंगेली नगरपालिका ४ बाट फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी ...

Read More »

झापामा बर्षेनी २ अर्वको सुपारी उत्पादन हुँदै ,दक्ष प्राविधिक नहुँदा किसान समस्यामा

सप्तरंगी एफएम /२७ माघ २०७५/डिकेश लामा झापा / झापा नेपालकै सवैभन्दा धेरै सुपारी उत्पादन हुने जिल्लाको रुपमा चिनिन्छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाइ सुपारी जोन झापाको तथ्याङ्क अनुसार ६८ हजार मेट्रिक टन बार्षिकरुपमा सुपारी उत्पादन हुने बताइएको छ । अहिलेको बजार मुल्यमा २ अर्व भन्दा धेरै रकम सुपारीले साट्न सक्छ । तर पछिल्लो समय सुपारीमा आएको विभिन्न रोग ...

Read More »

पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन

सप्तरंगी एफएम / २६ माघ २०७५ पाँचथर – पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ । वहाँ शनिबार एउटा समारोहमा मन्तव्य राख्ने क्रममा बेहोस हुनुभएको थियो । शनिबार दिउँसो २ बजे पालिकाको ५ नम्बर वडाले आयोजना गरेको एउटा कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएर कार्यक्रम स्थलमै ढल्नुभएको थियो । बेहोस भएर ढलेलगतै स्थानीय स्वास्थ्य चौकीमा ...

Read More »

पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेसँगै मौसममा सुधार

सप्तरंगी एफएम दमक / २६ माघ २०७५  पश्चिमी न्यून चापीय प्रणाली कमजोर बनेसँगै मौसममा सुधार आएको छ । केही दिनदेखि देशभरको मौसम प्रभावित पारिरहेको पश्चिमी न्यून चापीय प्रणाली कमजोर भएसँगै अहिले देशभरको मौसम सफा रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।  अहिले मध्य र पश्चिमी पहाडका केही स्थानमा मौसम बदली भए पनि आज रातिबाट देशभरकै मौसम सफा हुने र भोलि घमाइलो दिन हुने ...

Read More »

झापामा खोला दोहन बढ्दै ,नहर देखि तटबन्धनमा समेत नोक्शानी

सप्तरंगी एफएम दमक /२६ माघ २०७५ /डिकेश लामा झापामा यस बर्ष स्थानीय स्तरबाट लगाइएको नदि तथा खोलाको ठेक्कामा अनुगमन नुहँदा चरम दोहन भईरहेको छ । संघीय संरचना अनुसार स्थानीय तहले ठेक्का लगाउने अधिकार पाए पछि भ्याट सहित गत बर्ष १३ करोड ३३ लाखमा लागेको ठेक्का यस बर्ष ७ स्थानीय तहबाट २१ करोड हाराहारीमा लागेको छ । हरेक बर्ष नदि तथा ...

Read More »

दमक रनको आयोजनामा दमकमा मिनी म्याराथुन सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/माघ २६/दमक रनको आयोजनामा आज बिहान दमकमा मिनी म्याराथुन प्रतियोगिता सम्पन्न भएको छ । दमक रनको तेश्रो बार्षिकउत्सवको अवसर मा आज बिहान सम्पन्न प्रतियोगिको खुल्ला १५ किलोमिटरको पुरुष तर्फ भारतिय शेनाका तिर्थ पुनः प्रथम हुनु भयो । उहाँले निर्धारीत दुरी ४६.०१ मिनेटमा पार गर्दै नगद ५० हजार रुपैयाँ हात पार्नु भयो । त्यस्तै ४६.३४ मिनेटमा निर्धारित दुरी पार ...

Read More »

‘एउटीलाई मुटुमा घर…’ को कभर भिडियो कम्पिटिसन हुने

दर्जनौं फिल्ममा मुख्य सहायक निर्देशक भएर काम गरेका बसन्त अधिकारीको डेब्यू निर्देशित फिल्म ‘जानी नजानी’ को सार्वजनिक भएको पहिलो गीत ‘एउटीलाई मुटुमा घर…’ को कभर भिडियो घोषणा गरिएको छ । बिहिबार काठमाडौंको मैतिदेवी स्थित कान्तिपुर फिल्म एकेडेमीमा पत्रकार भेटघाट गर्दै निर्माण टिमले कभर भिडियो कम्पिटिसन घोषणा गर्‍यो ।    अम्बिका शर्माको शब्द रहेको गीतमा संगीत अर्जुन पोखरेलको रहेको छ । गीतमा स्वर ...

Read More »

नेकपाका विद्यार्थी नेता विश्वकर्मालाई दश दिन म्याद थप

सप्तरंगी एफएम, दमक / २४ माघ २०७५ गोलिसहित पक्राउ परेका विप्लव नेतृत्वको नेकपाका विद्यार्थी नेता नरेन्द्रबहादुरसिंह विश्वकर्मालाई मोरङ प्रहरीले १० दिन म्याद थप गरेर अनुसन्धान थालेको छ । नरेन्द्र गत बिहीवार साँझ काठमाडौं जाने क्रममा तीन राउण्ड गोलीसहित विराटनगर बिमानस्थलबाट पक्राउ परेका थिए । उनीविरुद्ध गत शुक्रबार सात दिनको म्याद थप गरेको प्रहरीले बिहीबार थप अनुसन्धानका लागि भन्दै १० दिनको ...

Read More »