Home / ताजा समाचार (page 30)

ताजा समाचार

दमक–६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाको सातौ बार्षिक साधारणसभा सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक साउन २५ ,  २०७५ दमक–६ स्थित साधना बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो  सातौ बार्षिक साधारणसभा सम्पन्न गरेको छ । दमक उद्योग वाणिज्य संघको सभाहलमा एक कार्यक्रम गरि संस्थाले आफ्नो  साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल) ले अध्यक्षको प्रतिवेदन र लेखा संयोजक विरेन्द्र पौडेलले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्नुका साथै ...

Read More »

गौरादहमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

सप्तरङ्गी एफ.एम. दमक/साउन २५ , २०७५ आज बिहान झापा गौरादहमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गौरादह नगरपालिका वडा नम्बर १ स्थित पुर्ब पश्चिम् भित्री सडक खण्डमा आज बिहान १० बजे गौरादह बाट कृष्णे खोला तर्फ जाँदै गरेको मे १ त ६५५३ नम्बरको टयाक्कटर दुर्घटना हुँदा सोहि ट्याक्टरमा काम गर्ने मजदुरको मृत्यु भएको हो । ट्याक्टरका मजदुर ...

Read More »

एक बर्ष पछि मेरो कार्यकालमा यति योजना सम्पन्न गरें भनेर गर्भका साथ सबैका सामु उभिने गरि काम गर्ने सोच बनाएको छु : मोहन ढकाल अध्यक्ष रोटरी क्लब अफ दमक

सप्तरङ्गी एफ.एम. दमक/साउन २५/ (रोटरी क्लब अफ दमकको स्थापना भएको ७ बर्ष भएको छ । यो सात बर्षको अवधिमा रोटरी क्लब दमकले ७ जना नेतृत्व पाएको छ । क्लबको भर्खरै सम्पन्न अधिवेसनबाट दमकमा २३ बर्ष देखी होटल व्यवसाय गर्दै आउनु भएका मोहन ढकाल अध्यक्ष चुनिनु भएको छ । वहाँ संग गरिएको कुराकानी ।) रोटरी क्लब दमकको नेतृत्व सम्हान्नु भएको छ ...

Read More »

मेलान झापाको जिल्ला समिति पूर्नगठित

सप्तरङ्गी एफ.एम. दमक/साउन २५/ मेडिकल ल्यावोरेटरी एशोसिएन अफ नेपाल पाल (मेलान) झापा जिल्ला कार्यसमिति पूर्नगठन गरिएको छ । दमक चौकस्थित दमक रिफरल ल्यावको सभाहलमा विहिबार सम्पन्न मेलानमा आवद्ध ल्यावोरेटरीहरुको भेलाले जिल्ला कार्यसमिति पूर्नगठन गरिएको हो । पूर्नगठित जिल्ला समितिको अध्यक्षमा तारकेश्वर यादव चुनिएका छन् । ११ सदस्यीय गठित जिल्ला समितिको उपाध्यक्षमा अमितराज पाण्डे,सचिवमा रञ्जितकुमार महतो,सहसचिवमा पर्शुराम पौडेल( दिपक ) र ...

Read More »

२४ औं अन्तराष्ट्रिय आदिवासी दिवशको अवसरमा विविध कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक / साउन २४, २०७५ २४ औं अन्तराष्ट्रिय आदिवासी दिवशको अवसरमा आज देशभर विविध कार्यक्रम सम्पन्न भएका छन् । दमकमा आदिवासी जनजाति महासंघ दमक नगर समितिको आयोजना तथा दमक नगर पालिकाको सहयोगमा नाराजुलुस सहित निकालेको र्याली दमक बजार क्षेत्र परिक्रममा पछि साँस्कृतिक कार्यक्रम तथा सभा सम्पन्न भएको छ । आदिवासी जनजाती महासंघ दमक नगर समितिका अध्यक्ष गुमानसिंह तामाङको ...

Read More »

दमक जेसिस र होटल व्यवसायी संघद्वारा दमक प्रहरी प्रमुख डिएसपी दिपक गिरीको सम्मान तथा बिदाई

सप्तरङ्गी एफ.एम. दमक साउन २४ इलाका प्रहरी कार्यालय दमकमा एक बर्ष प्रमुख रहेर हालै अन्यत्र सरुवा भएका डिएसपी दीपक गिरीलाई दमक जेसीजले सम्मानसहित बिदाइ गरेको छ । आज दमक जेसीजको आफ्नै कार्यालयमा एक कार्यक्रम गरी डिएसपी गिरीलाई सम्मानसहित बिदाइ गरिएको हो । सो अवसरमा गिरीले एक बर्ष दमक रहदाँ राम्रो काम गरेको बताउदै सम्मान सहित विदाई गरिएको जेसिज अध्यक्ष चन्द्र ...

Read More »

दमक १० को शिव मन्दिर निर्माणमा भ्रष्टचार गर्ने चन्द्र बहादुर विष्ट र नारद भण्डारी कारबाहीमा

सप्तरङ्गी एफ.एम. दमक/साउन २४/ दमक वडा नम्बर १० मा रहेको शिव मन्दिर निर्माणको क्रममा भ्रष्टचार भएको पाईएको भन्दै आज भएको उपभोक्ता र मन्दिर समितिको संयुक्त बैठकले निर्माण समितिका सचिव चन्द्र बहादुर विष्ट र सदस्य नारद भण्डारीलाई समितिबाट निष्कासन गर्ने कारबाही गर्दै सम्पुर्ण हिसाब १५ दिन भित्र बुझाउन निर्देशन दिएको छ । विष्ट र भण्डारी द्वयले समिति र ठेकेदार कसै संग ...

Read More »

विभिन्न जात जातिहरुको बसोबास रहेको गौरादह नगरपालिकामा सबैको अपनत्व कायम हुनेछ : नगर प्रमुख रोहित कुमार शाह

सप्तरङ्गी एफ.एम. गौरादह/साउन २४/ नेपाल आदीवासी जनजाती महासंघ नगर समन्वय समिति गौरादहले २४ औं अन्तराष्ट्रिय आदिवासी जनजाती दिवस विविध कार्यक्रम गरि भव्यताका साथ सम्पन्न गरेको छ । गौरादह नगरपालिका वडा नं. ७ को ग्वालडुब्बा बजारमा आयोजना गरिएको आदीवासी दिवस मा विभिन्न जातजातिहरुले आफ्नो जातिय पोशाक मा सजिएर सांस्कृतिक पहिचान झल्कने नृत्य तथा झाँकी प्रदर्शन गरेका थिए । नेपाल आदीवासी जनजाति ...

Read More »

दमकमा महिला संघ स्थापना दिवस मनाईयो

सप्तरङ्गी एफ.एम. दमक/साउन २४/ नेपाली कांग्रेसको भगिनि संगठन नेपाल महिला संघले आज आफ्नो ७१ औं स्थापना दिवस मनाएको छ । सोही क्रममा महिला संघ दमक नगर समितिले पनि एक औपचारीक कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाएको हो । नेपाली कांग्रेस नगर समितिको हलमा आयोजीत कार्यक्रमका वक्ताहरुले मुलुको व्यवस्था परिवर्तनमा महिला संघको भुमिका उल्लेख्य रहेकोमा जोड दिएका छन् । मुलुकका हरेक ...

Read More »

मुक्तिनाथ विकास बैंकको शाखा दमकमा

सप्तरङ्गी एफ.एम. दमक/साउन २४/ दमकमा मुक्तिनाथ विकास वैकले शाखा सञ्चालनमा ल्याएको छ । यससंगै देशभरि ९५ वटा शाखा विस्तार भएको बैंकले जनाएको छ । दमक चौंकमा आजदेखि औपचारिक रुपमा शाखा सञ्चालनमा ल्याइएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोख्रेलले बताउनुभयो । दमक शाखाको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले आज एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो । उद्घाटनसंगै बैंकले दमकमा आप्mनो कारोवार सञ्चालनमा ...

Read More »