Home / ताजा समाचार (page 34)

ताजा समाचार

मालपोत कार्यालय दमकको राजस्व संकलन वर्सेनी बृद्धि

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ दमकस्थित मालपोत कार्यालयको राजस्व संकलन वर्सेनी बृद्धि हुदै गएको छ । कार्यालयको गएको दुई वर्षको तथ्यांकलाई हेर्दा राजस्व संकलन कार्य बृद्धि हुदैगएको पाईएको हो । कार्यालयका प्रमुख देवीबहादुर भण्डारीका अनुसार गतवर्ष २०७४÷०७५ मा जग्गा रजिष्टे«शन वापत २२ करोड १५ लाख ५४ हजार ३२७ रुपैयाँ राजस्व संकलन भएको छ । सो राजस्व लक्ष्यभन्दा १३७ प्रतिशत बढी भएको ...

Read More »

रतुवा माई वृक्षरोपण आयोजनाद्वारा पहिलोपटक कार्ययोजना बनाउन शुरु , आयोजना दिनानुदिन अतिक्रमणको चपेटामा

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ सरकारले सञ्चालन गर्दैआएको झापाको रतुवा माई वृक्षरोपण आयोजनाले चारदशकपछि पहिलोपटक कार्ययोजना बनाउन शुरु गरेको छ । २०३५ सालमा स्थापित सो आयोजनाले एकवर्ष यता दश बर्सेकार्य योजना बनाउने कार्य गरिरहेको आयोजना प्रमुख खेमलाल विश्वकर्माले बताउनुभयो । आयोजना स्थापना भए पनि विस्तृत कार्ययोजना बन्न सकेको थिएन । कार्ययोजना विनै आयोजना सञ्चालन हुदैआएको थियो । आयोजना प्रमुख विश्वकर्माका अनुसार ...

Read More »

ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक(डिएसपि) दिपक गिरीको सरुवा

सप्तरङ्गी एफ.एम. दमक/साउन १७/ ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक(डिएसपि) दिपक गिरीको सरुवा भएको छ । गत बर्षको साउनमा दमक आउनु भएका गिरीको एक बर्ष पछि दमकबाट सरुवा भएको हो । गिरीको जिल्ला प्रहरी कार्यालय काभ्रेमा सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले हिँजो ४८ जना प्रहरी उपरिक्षक(एसपि) र ९५ जना प्रहरी नायव उपरिक्षक(डिएसपि)को सरुवा गरेको हो । ...

Read More »

झापाको दक्षिण पश्चिम क्षेत्रमा रहेका मुख्य बजारहरुमा पार्किङको अभाव

सप्तरङ्गी एफ.एम. दमक/साउन १६/ झापाको दक्षिण पश्चिम क्षेत्रमा रहेका मुख्य बजारहरुमा सवारी का साधन पार्किङ गर्ने ठाउँ को अभावमा अव्यवस्थीत पार्किङ हुने गरेको छ । पाडाजुँगी गौरीगंज सडक खण्डमा रहेका मुख्य बजारहरु गौरादह को डिपु चौक गौरादह बजार, ग्वालडुब्बा र गौरीगंज बजार तथा चौक मा सवारीका साधनहरु अस्त व्यस्त रुपमा राखिएका हुन्छन् । सडक का छेउमा सवारीका साधनहरु अस्तव्यस्त रुपमा ...

Read More »

झापामा कांग्रेसको बिरोध प्रदर्शन (फोटो फिचर)

सप्तरङ्गी एफ.एम. दमक/साउन १५/ नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले तत्कालीन राजा ज्ञानेन्द्र शाहलाई लागेको जस्तै मात अहिलेको सरकारलाई पनि लागेको आरोप लगाउनु भएको छ । झापा सदरमुकाम भद्रपुरमा आज सरकारविरुद्ध भएको प्रदर्शनपछिको आमसभामा बोल्दै नेता सिटौलाले संख्याको आधारमा सरकार तानाशाह बन्न खोजेको बताउनुभयो । ’राजा ज्ञानेन्द्रलाई जस्तै सरकारलाई पनि मात लाग्यो । ज्ञानेन्द्रले जनता बिर्सेका थिए । शासन व्यवस्था आफ्नो ...

Read More »

बिराटनगरमा एक व्यक्तिले चोरी गरेर निलेको एक तोलाको सुनको सिक्रि ३ दिन पछि दिसा गरे

सप्तरङ्गी एफ.एम. दमक/साउन १४/ कोशी अञ्चल अस्पतालमा प्रहरी निगरानीमा राखिएका इटहरीका सुरजकुमार नेपालले आज सुनको सिक्री दिसा गरेका छन् । तीन दिनअघि विराटनगर जलजला रोडको राठी ज्वेलर्समा ग्राहक बनेर गएका उनले एक तोला सुनको सिक्री नै निलेपछि प्रहरीले पक्राउ गरी अस्पतालमा राखेर निगरानी गरिरहेको थियो । नेपालले सिक्री निलेको भन्दै ज्वेलर्सका सञ्चालक अरुण राठीले प्रहरीमा उजुरी गरेपछि उनलाई अस्पताल लगिएको ...

Read More »

ईष्टर्न लायन दमकले उद्धार गरेका गौरादहका एक बालकलाई हिमालयन ईन्टरनेष्नल एजुकेशन फाउण्डेसनले निशुल्क अध्ययन गराउने

सप्तरङ्गी एफ.एम. दमक/साउन १४/ अभिभावक नभएका झापा गौरादहका एक बालकलाई सोहि ठाउँको हिमालयन ईन्टरनेष्नल एजुकेशन फाउण्डेसनले निशुल्क अध्ययनको व्यवास्था गरिदिने भएको छ । बाबुको मृत्यु भएको र आमा अर्कै संग बिवाह गरेर हिँडेपछि दमकका सडकमा वेवारीसे वअस्थामा रहेका ९ बर्षिय बालक विवेक ऋषिदेवलाई ईष्टर्न लायन दमकका अध्यक्ष बिमल शर्माको पहलमा उद्धार गरिएको थियो । संगम स्विटस् दमकका सञ्चालक समेत रहेका ...

Read More »

दमकमा लायन्सको बिबिध कार्यक्रम

सप्तरङ्गी एफ.एम. दमक/साउन १४/ दमकमा आज लायन्स क्लवहरुले विभिन्न कार्यक्रम गरेका छन् । लायन्स क्लब अफ दमक माउण्ट एभरेष्ट र लायन्स क्लब अफ दमक युनाइटेडले शैक्षिक सामग्री वितरण गरेको छन् । दमक नगरपालिकाको पृथ्वी माध्यमिक विद्यालयका ५० जना विद्यार्थीलाई आज एक कार्यक्रमबीच किताब बोक्ने ब्याग र पानी बोक्ने बोतल वितरण गरिएको हो । लायन्स क्लबको सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक विद्यालयका ...

Read More »

मानव तस्करहरुका लागि ईलामको पशुपतिनगर नाका सुरक्षित बन्दै

सप्तरङ्गी एफ.एम. दमक/साउन १४/ मानव तस्करहरुका लागि ईलामको पशुपतिनगर नाका सुरक्षित बन्दै गएको छ । भौगोलिक विकटता, जनशक्तिको अभावका साथै नेपाल–भारत दुवैतर्फका मानिसहरु एकै मुलको भएकाले तस्कर पहिचानमा समस्या हुने गरेको माइती नेपाल आवधिक गृह पशुुपतिनगरका प्रमुख होम ढकालले बताउनुभयो । एक वर्षको अवधिमा यस नाकामा ६८ हजार ५३२ वटा गाडीमा चेकजाँचका साथै एक हजार ८७१ जनालाई सोधपुछ गरिएको ढकालले ...

Read More »

गौरादह नगरपालिका वडा नं. ८ को वडा कार्यालय भवन निर्माण का लागी जग्गदा दान

सप्तरङ्गी एफ.एम. दमक/साउन १४/ झापाको गौरादह नगरपालिका वडा नं. ८ को वडा कार्यालय भवन निर्माण का लागी निशुल्क जग्गा प्राप्त भएको छ । गौरादह नगरपालिका वडा नं. ८ जुरोपानी निवासि घनश्याम जोशीले वडा कार्यालय भवन निर्माण का लागि ५ कट्ठा जग्गा निशुल्क प्रदान गर्नु भएको हो । जोशीले उक्त जग्गा वडा कार्यालयकै नाममा रजिष्टे«सन पास गरिदिनु भएको छ । मूख्य ...

Read More »