Home / ताजा समाचार (page 4)

ताजा समाचार

दमकको होटल मुगामा आगलागी (फोटो फिचर)

सप्तरङ्गगी एफ.एम. दमक/साउन २८ दमक वडा नम्बर ५ मा रहेको मुगा होटलमा आज बिहान आगलागी भएको छ । बिहान साढे पाँच बजे तिर होटलको पार्टिहलमा अचानक आगलागी भएको होटल सञ्चालक केदार बस्नेतले जानकारी दिनु भयो । बिद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आधा घण्टामा नियन्त्रणमा आएको आगलागी बाट होटलको पार्टिहल पुर्ण रुपमा क्षती भएको सञ्चालक ...

Read More »

मोरंग विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोट

सप्तरङ्गगी एफ.एम. दमक/साउन २७/ मोरंग विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीको कार्यकक्ष अगाडि बम विस्फोट भएको छ । महानगरपालिका भवनको दोस्रो तलामा महानगर प्रमुखको कार्यकक्ष रहेको छ । प्रमुखलाई भेट्न आउनेहरूका लागि प्रतिक्षा गर्न व्यवस्था गरिएको कोठामा बम विस्फोट भएको हो । विस्फोटबाट भवनका शिशाहरू फुटेका छन् भने महानगर प्रमुख चढ्ने गाडीमा पनि क्षति पुगेको छ । प्रहरीले यसबारे अनुसन्धान शुरू ...

Read More »

एकिकृत सहकारी खेतीले उत्पादन गरेको १५ लाख रुपयाँ मुल्य बराबरको मकै खेर जाने अवस्थामा

सप्तरङ्गगी एफ.एम. दमक/साउन २७/ झापाको नमूना एकिकृत सहकारी खेतीले उत्पादन गरेको करिव १५ लाख रुपयाँ बराबरको मकै त्यतिकै खेर जाने अवस्थामा थन्काएर राख्नु परेको छ । बजार मूल्यको अभाव र बर्षाका कारण सुकाउन नसकेर मकै थन्काइएको हो । समयमा सुकाउने र विक्री नगर्ने हो भने ठूलो परिमाणको मकै त्यतिकै कुहिएर खेर जाने कृषकहरुले बताएका छन् । नेपालकै नमूनाको रुपमा रहेको ...

Read More »

डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारवाट पत्रकार भिम नेम्बाङ पुरस्कृत

सप्तरङ्गगी एफ.एम. दमक/साउन २७/ यसवर्षको डिकमान विरही स्मृति पत्रकारिता पुरस्कारवाट टेलिभिजनकर्मी भिम नेम्बाङ पुरस्कृत हुनु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापा शाखाले स्थापना गरेको सो पुरस्कारबाट अढाई दशकदेखि नेपाल टेलिभिजनमा आवद्ध पत्रकार नेम्बाङ पुरस्कृत हुनु भएको हो । फोनिजको १९ औं स्थापना दिवसका अवसर पारेर आज झापाको अर्जुनधारास्थित जनजाति सामुदायिक भवनमा आयोजित एक कार्यक्रमका बीच जिल्लाकै ...

Read More »

एशियन लाईफ बाट मृत्यु दाबी भुक्तानी

सप्तरङ्गगी एफ.एम. दमक/साउन २७/ एशियन लाईफ ईन्स्योरेन्सको दमक शाखाले झण्डै ८ लाख रुपैयाँ बराबरको रकम मृत्युदाबी भुक्तानी दिएको छ । दमक वडा नम्बर ६ निबासी भारती कुमाल पुलामीको गत फागुन ०३ गते असामहिक मृत्यु भएपछि उहाँका श्रीमान मान बहादुर कुमाल लाई कम्पनीले नियम अनुसार मृत्यु दाबी भुक्तानी रकम उपलब्ध गराएको हो । हिँजो एक कार्यक्रमका विच प्रमुख अतिथी कम्पनीका बरिष्ठ ...

Read More »

पाँचथर र ईलाममा रहेका कुखुरा पालक कृषकलाई कुखुरा पालन सम्बन्धि तालिम

सप्तरङ्गगी एफ.एम. दमक / साउन २६ , २०७५ पाँचथर र ईलाममा रहेका कुखुरा पालक कृषकलाई कुखुरा पालन सम्बन्धि तालिम प्रदान गरीएको छ । पछिल्लो समयमा पशुपालन भन्दा कुखुरा पालन तर्फ कृषकको आकर्षण बढेसगै यो व्यवषायमा संलग्न कृषक लाई नेपाल वेलहोप एग्रिटेक प्रालि विराटनगरले तालिम प्रदान गरेको हो । तालिममा चल्ला हुर्काउने विधि (ब्रुडिङ्ग), खोर व्यवस्थापन, कुखुरामा लाग्ने प्रमुख रोग र ...

Read More »

दमकको मेची सहकारी संस्थाले आफनो २२ औं बार्षिकोत्सव तथा २४ औं बार्षिक साधारण सभा विभिन्न कार्यक्रम गरि मनाउने

सप्तरङ्गगी एफ.एम. दमक / साउन २६ दमकको मेची सहकारी संस्थाले आफनो २२ औं बार्षिकोत्सव तथा २४ औं बार्षिक साधारण सभा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । संस्थाले साउन २८ गतेदेखि भाद्र १२ गतेसम्म गरि सदाका बर्षझै यसवर्ष पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरि बार्षिकोत्सव तथा साधारणसभा भव्य रुपले मनाउन लागेको हो । संस्थाका व्यवस्थापक खोमप्रसाद बगाले थापाका अनुसार गतवर्ष झै यसवर्ष ...

Read More »

दमक पब्लिक लाईब्रेरीको युथ टिमको आज आफ्नो पाँचौं बार्षिक उत्सव सम्पन्न

सप्तरङ्गगी एफ.एम. दमक/साउन २६/ दमक पब्लिक लाईब्रेरीको युथ टिमले आज आफ्नो पाँचौं बार्षिक उत्सव मनाएको छ । भोली अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर युथ टिमले आफ्नो बार्षिक उत्सव मनाएको हो । दमक पब्लिक लाईब्रेरीको युथ टिमका अध्यक्ष दधिराम ढकालको अध्यक्षतामा भएको कार्यक्रममा युवा सामाजिक अभियन्ता के पि खनालको प्रमुख आतिथ्यता रहेको थियो । आफ्नो स्थापना दिवसको अवसरमा युथ टिमले बिभिन्न ...

Read More »

प्रदेश १ मा सुरक्षाका लागि थप प्रहरीको व्यवस्था गरिने , एक महिना भित्र प्रहरी परिचालनको टुङगो लाग्ने

सप्तरङ्गगी एफ.एम. दमक/साउन २६/ प्रदेश नम्बर १ मा शान्ति सुरक्षा चुस्त दुरुस्त बनाउँन जनपथ प्रहरीलाई विभाजन गरी नयाँ प्रहरी थप गरिने योजना अघि सारिएको छ । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सो कुरा बताउनु भएको छ । आज झापाको गौरादहमा पत्रकारसँग भएको एक कुराकानीमा मन्त्री कार्कीले प्रदेश सुरक्षाका लागि निर्माणधिन कानुनले अन्तिम रुप पाएसँगै ...

Read More »

फेबुक पेज बुहारी ग्याङको मृगौला पिडितलाई सहयोग

सप्तरङ्गगी एफ.एम. दमक/साउन २६/ फेसबुक पेज बुहारी ग्याङका सदस्यहरुले झापा मेचिनगरकी मृगौला बिरामी कल्पना दर्जी (मोहरा)लाई सहयोग गरेको छ । ग्याङका झापामा रहेका सदस्यहरुले आज दर्जीको घरमै गएर १५ हजार रुपैयाँ सहयोग उपलब्ध गराएका हुन् । दुवै मृगौला बिग्रिएर उपचाररत दर्जीलाई बुहारी ग्याङका सदस्यहरुबाट उठाईएको सहयोग रकम उपलब्ध गराईएको बुहारी ग्याङकी सदस्य एलीसा ओलीले जानकारी दिनुभयो । बुहारी ग्याङकी मोडीएटर ...

Read More »