Home / ताजा समाचार (page 61)

ताजा समाचार

सुन काण्डका फरार अभियुक्त एसएसपी श्याम खत्री द्वारा आत्मसमर्पण ।

सप्तरङ्गी एफ.एम. जेठ १७/ चर्चामा रहेको साढे ३३ किलो सुन तस्करी र मोरंग उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा प्रहरीको खोजीका सुचिमा रहेका फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । उनको खोजीमा नेपाली प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी गरिएको छ । उक्त प्रकरणमा मुख्य ...

Read More »

दमकमा डेंगु रोग निम्त्याउने लार्भा नष्ट कार्यक्रम सन्चालन

जेठ १६ दमक गर्मि महिना सुरु भए पछि देखा पर्ने डेंगु संक्रमण नियन्त्रणको लागी आज दमकमा डेंगु रोग निम्त्याउने लार्भा नष्ट कार्यक्रम सन्चालन गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाको नियमित कार्यक्रम अन्तर्गत आज दमकमा डेंगु निम्त्याउने लामखुट्टेका लार्भा नष्ट गरिएको जिल्ला नजस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल सुपर भाईजर जिवन चौलागाईंले जानकारी दिनुभयो । गर्मि मौषम सुरु हुन साथ डेंगु ...

Read More »

११ औं गणतन्त्र दिवसको अवसरमा प्रजातन्त्रका सेनानीलाई सम्मान

जेठ १५ दमक ११ औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस दमक वडा नम्बर ५ ले आज प्रजातन्त्रका सेनानीलाई सम्मान गरेको छ । दमक वडा नम्बर ५ घर भएका प्रजातन्त्रका सेनानी गंगा बहादुर भट्टराई, ज्ञान बहादुर भट्टराई र पार्टिको नगर र क्षेत्रीय समितिको कार्यालय बनाउन जग्गा दिनुहुने दमन्ता थापालाई घरमै पुगेर दोसल्ला ओढाई सम्मान गरिएको हो । वडा सभापती राजु राउतको ...

Read More »

पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानले गरेको रक्तदानमा ३८ जनाले रगत दान गरे ।

दमक जेठ १४/ राज्यद्वारा वेपत्ता पारिएका झापा दमकका युवा पुष्पराज बस्नेत र धीरेन्द्र बस्नेतको नाममा स्थापना गरिएको संस्था पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठानले मंगलबार ११ औं गणतन्त्र दिवसको अवसर पारेर दमकमा रत्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा ३ महिला सहित ३८ जनाले रगतदान गरेको रक्तदान कार्यक्रमको प्राबिधिक सहयोगी संस्था नेपाल रेडक्रस सोसाईटी उप शाखा दमकका रक्तसन्चार प्रमुख सिद्धार्थ दाहालले जानकारी ...

Read More »

शिक्षिका काफ्ले द्वारा आफ्नो जन्मदिनमा गुरुकुललाई सहयोग ।

जेठ १५ दमक दमककी सामाजिक व्यक्तित्व तथा शिक्षिका दुर्गा काफ्लेले मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर दमक ४ मा रहेको श्री बशिष्ठ संस्कृत गुरुकुल बिद्यापिठलाई सहयोग गर्नुका साथै गुरुकुलमा अध्ययनरत बिद्यार्थिहरुलाई शैक्षिक सामाग्रि बितरण गर्नु भएको छ । दमकको पाणीनि माध्यमिक बिद्यालयमा अध्यापनरत शिक्षिका काफ्लेले जन्मदिनमा होटलमा कार्यक्रम गरेर तडक भडक गर्नु भन्दा सो खर्चले सामाजिक काम गर्ने योजना अनुसार गुरुकुललाई ...

Read More »

नेपाल महिला संघले स्वास्थ्य शिबिर गर्ने ।

जेठ १५ दमक नेपाली कांग्रेसको भगिनि संगठन नेपाल महिला संघ झापा क्षेत्र नम्बर ५ क्षेत्रीय समितिले दमकमा स्वाथ्य शिबिर आयोजना गर्ने भएको छ । संघकी क्षेत्रीय सभापती रेगिना भट्टराईको अध्यक्षतामा बसेको बैठकले आगामी जेठ २६ गते शनिबार नेपाली कांग्रेस दमकको कार्यालय परिसरमा स्वाथ्य शिबिर आयोजना गर्ने निर्णय गरेको हो । स्वाथ्य शिबिरमा बि एण्ड सि हस्पिटल बिर्तामोड र एड्भान्स हस्पिटल ...

Read More »

पोखरीमा डुबेर बालकको मृत्यु :

सप्तरी, १४ जेठ , खडक नगरपालिका-२ बेल्हीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ l सकल मण्डलको ३ वर्षीय छोरा अरबीन्द्र मण्डलको सोही ठाउँस्थित चन्द्रेश्वर चौधरीको पोखरीमा खेल्दै गरेको अवस्थामा सोमबार डुबेर ज्यान गएको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More »

माटोको ढिस्कोले थिचेर मृत्यु

सिराहा, १४ जेठ ,नवराजपुर गाउँपालिका-१ तामासुईयास्थित पानी नभएको पोखरीमा सोमबार माटो खन्ने क्रममा ढिस्कोले थिचेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने दामोदरईन मियाको छोरा १६ वर्षीय अरथराज मियाको उपचारको लागि लहानस्थित सप्तऋषि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  हो   l यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ  l

Read More »

आगलागीबाट धनमाल क्षति

सोलुखुम्बु, १४ जेठ महाकुलुङ गाउँपालिका-१ बुङ बस्ने ५१ वर्षीय बखतधन राईको कच्ची घरमा भान्साघरको चुल्होबाट सोमबार आगलागी हुँदा घर, भान्साघर, नगद २ लाख १२ हजार, सुन आधा तोला, चाँदी ५ तोला, भाडावर्तन र अन्नपात समेत जलेर करीव ४९ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान ...

Read More »

झापा कमलका कृषक तरकारी खेतीमा आकर्षित ।

जेठ १४ दमक/डिकेश लामा झापाको कमल गाऊँपालिका वडा नं. २ का धेरै किसानहरु तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कृषि पकेट क्षेत्र कार्यन्वयन गरेसँगै सो क्षेत्रका कृषकहरुको आम्दानीमा बृद्धि भएको कृषि प्राविधिक प्रेम पोख्रेलले जानकारी दिनु भयो । कमल गाऊँ पालिका वडा नं. २ का डिल्लिराम पौडेलले ७ बर्ष विदेशमा बसेर गरेको दुःख ...

Read More »