Home / ताजा समाचार (page 69)

ताजा समाचार

पोखरीमा डुबेर बालकको मृत्यु :

सप्तरी, १४ जेठ , खडक नगरपालिका-२ बेल्हीमा पोखरीमा डुबेर एक बालकको ज्यान गएको छ l सकल मण्डलको ३ वर्षीय छोरा अरबीन्द्र मण्डलको सोही ठाउँस्थित चन्द्रेश्वर चौधरीको पोखरीमा खेल्दै गरेको अवस्थामा सोमबार डुबेर ज्यान गएको हो । घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More »

माटोको ढिस्कोले थिचेर मृत्यु

सिराहा, १४ जेठ ,नवराजपुर गाउँपालिका-१ तामासुईयास्थित पानी नभएको पोखरीमा सोमबार माटो खन्ने क्रममा ढिस्कोले थिचेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने दामोदरईन मियाको छोरा १६ वर्षीय अरथराज मियाको उपचारको लागि लहानस्थित सप्तऋषि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको  हो   l यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ  l

Read More »

आगलागीबाट धनमाल क्षति

सोलुखुम्बु, १४ जेठ महाकुलुङ गाउँपालिका-१ बुङ बस्ने ५१ वर्षीय बखतधन राईको कच्ची घरमा भान्साघरको चुल्होबाट सोमबार आगलागी हुँदा घर, भान्साघर, नगद २ लाख १२ हजार, सुन आधा तोला, चाँदी ५ तोला, भाडावर्तन र अन्नपात समेत जलेर करीव ४९ लाख ६३ हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान ...

Read More »

झापा कमलका कृषक तरकारी खेतीमा आकर्षित ।

जेठ १४ दमक/डिकेश लामा झापाको कमल गाऊँपालिका वडा नं. २ का धेरै किसानहरु तरकारी खेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन् । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत कृषि पकेट क्षेत्र कार्यन्वयन गरेसँगै सो क्षेत्रका कृषकहरुको आम्दानीमा बृद्धि भएको कृषि प्राविधिक प्रेम पोख्रेलले जानकारी दिनु भयो । कमल गाऊँ पालिका वडा नं. २ का डिल्लिराम पौडेलले ७ बर्ष विदेशमा बसेर गरेको दुःख ...

Read More »

दमक अपाङ्ग सहयोग समितिद्वारा सञ्चालीत कार्यक्रमको दातृ निकायको अनुगमन ।

जेठ १४ दमक दमक अपाङ्ग सहयोग समितिद्वारा सञ्चालीत बिभिन्न कार्यक्रमहरुको आज ७ वटा देशका दातृ निकायले अनुगमन गरेका छन् । भारत, बंगलादेश, जाम्मिबिया, पोर्चुगल, नेदरल्यण्ड, सोमालीया र ब्राजिलका दातृ निकायका प्रतिनिधिहरुले सोमबार दमक अपाङ्ग सहयोग समितिका कामको अनुगमन गरेका हुन् । अनुगमनको क्रममा उनिहरुले आगामी दिनमा सहकार्य गर्न सकिने बिषयमा पनि छलफल गरेको दमक अपाङ्ग सहयोग समितिका अध्यक्ष खगेन्द्र भट्टराईले ...

Read More »

दमक पुर्ण खोपयुक्त नगर ।

जेठ १४ /डिकेश लामा/ झापाको दमक नगरपालिकालाई सोमबार एक औपचारिक कार्यक्रमबीच पूर्णखोप नगर घोषणा गरिएको छ । घोषणा कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जिवन घिमिरेले पूर्ण खोप घोषणा मात्रै ठूलो कुरा नभई यसलाई निरन्तर कायम राख्नु महत्वपूर्ण जिम्मेवारी भएको बताउनु भयो । आज घोषणा गरेर भोलि विर्सने प्रथालाई अन्त्य गर्न सवैले चासो दिनु ...

Read More »

राष्ट्रिय बहुमुखी सहकारी संस्था दमकको टोली ३ दिने अवलोकन भ्रमणमा ।

जेठ १४ दमक दमकमा रहेको राष्ट्रिय बहुमुखी सहकारी संस्थाको एक टोली ३ दिने अवलोकन भ्रमणका लागी सोमबार निश्किएको छ । पुर्वि पहाडि जिल्लाका बिभिन्न ठाउँमा रहेका बिभिन्न सहकारीहरुको अवलोकन र पर्यटकिय क्षेत्रको भ्रमणको लागी सहकारीको टोली सोमबार बिहान दमक बाट ईलाम तर्पm लागेको टोलीमा सहभागी पत्रकार तथा सहकारीका सदस्य बिष्णु सुब्बाले जानकारी दिनुभयो । सोमबार बिहान दमकबाट निश्किएको सहाकारीका सदस्य ...

Read More »

बाम गठबन्धनलाई गणतन्त्र प्रति अरुची : कांग्रेस ।

जेठ १४ दमक गणतन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेस दमक वडानम्बर ३ स्थित साविक वडा नम्बर ५ मा आज कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लाभरका सबै स्थानिय तहका वडाहरुमानै गणतन्त्र दिवसको कार्यक्रम गर्ने पार्टि जिल्लाको निर्णय अनुसार सोमबार दमकको साविक वडा नम्बर ५ मा कार्यक्रम सम्पन्न भएको हो । सो वार्डमा मा कार्यक्र सम्पन्न गर्नकोलागी खटिएका प्रतिनिधि पार्टिका पुर्व जिल्ला ...

Read More »

न्यू संगम ईन्टरप्राईजेज दमकले ल्यायो अत्याधुनिक वर्कसप ।

जेठ १४ दमक दमकमा रहेको बजार कम्पनीका मोटरसाईकलको आधिकारीक बिक्रेता न्यू संगम ईन्टरप्राईजेजले मोटरसाईकल सर्भिसिङकोलागी अत्याधुनिक वर्कसप सुरु गरेको छ । सोमबार एक कार्यक्रमका विच दमक वडानम्बर ५ का वडाध्यक्ष ईन्द्र गुरुङले वर्कसपको उद्घाटन गर्नु भएको हो । बिगत बिस बर्ष देखी दमकमा सञ्चालीत न्यु संगम ईन्टरप्राईजेजले यस अघि पनि मोटरसाईकल बिक्रिका साथै सर्भिसिङ सेवा उपलब्ध गराउँदै आएको थियो । ...

Read More »

बालिका करणी गर्नेलाई सात वर्ष कैद

तेह्रथुम, जेठ १४ – पन्ध्र वर्षीया बालिकालाई करणी गर्ने लालीगुराँस नगरपालिका–२ का सुर्यबहादुर सार्कीलाई आइतबार जिल्ला अदालत तेह्रथुमले सात वर्ष कैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद पराजुलीको एकल इजलासले छथर गाउँपालिका–२, स्थायी ठेगाना भई लालीगुराँस नगरपालिका–२ मा बस्ने ४४ वर्षीय सुर्यबहादुर तोलाङ्गी सार्कीलाई जबरजस्ती करणी र हाडनाता करणी अपराधमा सात वर्ष कैद र ९० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला ...

Read More »