भुटानी सरकारको अत्यचारका कारण सहित भएका टिकाराम धिमालको स्मरणमा तयार गरिएको गित मेरो चित्कार सार्वजनिक

सप्तरङ्गी एफ.एम. दमक/चैत २२/
नेपाली भाषि भुटानीहरुलाई सन १९८० को दशकको अन्त्य तिर भुटान सरकारले गरेको अत्याचारका क्रममा भएको एउटा सत्य घटनामा आधारित भएर रचना गरिएको गित चित्कार मेरो सार्वजनिक भएको छ । सन् १९९० डिसेम्बर १२ मा भुटानको सर्बाङ जिल्ला ललाई ब्लक निवासी टिकाराम धिमालमाथि भुटानी सत्ताले गरेको ज्यादती र धिमालको मृत्यु भएको वास्तविक घटनालाई स्मरण गर्दै स्वर्गिय धिमालका छोरा कमल धिमालले लेख्नु भएको गित र उक्त गितको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
टिकाराम धिमाललाई तत्कालीन भुटानी सरकारले गिरप्mतार गरि जेल चलान गरेको थियो । चरम यातनाका कारण एक बर्ष पछि गेलेखु जेलमा उहाँको मृत्यु भएको थियो । सोहि घटनामा आधारित रहेर स्वर्गिय धिमालका छोरा कमलले लेख्नु भएका शब्दमा शिशिर योगीको स्वर र संगित रहेको छ । 
गितको म्युजिक भिडियोमा चर्चित कलाकारहरु सुरविर पण्डीत, रमा थपलिया, सुर्य नेपाली लगायत कलाकारको अभिनय रहेको छ । प्रकाश धितालको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । गितलाई सहित टिकाराम धिमाल सहित आफ्नो पहिचानको लडाईंमा सहिद भएकाहरु प्रति समर्पित गरिएको छ ।

 

प्रतिकृया दिनुहोस