लद्दाखमा चीन र भारतका सैनिकबीच हिंसात्मक झडप हुँदा तीन भारतीय सैनिकहरु मारिए

काठमाडौं । 
लद्दाखको गलवान भ्यालीस्थित चीन र भारतको सीमा क्षेत्रमा दुई देशका सैनिकबीच हिंसात्मक झडप भएको छ । झडपमा तीन भारतीय सैनिकहरु मारिएका छन् । मृत्यू हुनेमा एक आर्मी अफिसर र दुई सिपाही छन् । चिनियाँ विदेश मन्त्रालयले भारतीय सैनिकहरुले सीमा रेखा नाघेर चिनिया सेनामाथि आक्रमण गरेको बताएको छ । चीनतर्फ कस्तो क्षति भयो भन्ने उल्लेख गरिएको छैन ।
सन् १९७५ पछि पहिलोपटक नियन्त्रण रेखामा भारतीय सेनाको ज्यान गएको हो ।
सीमा क्षेत्रमा बारम्बार तनाव उत्पन्न हुने गरे पनि गोली नचलेको लामो समय भइसकेको थियो । पछिल्लो समय एक महिनादेखि लद्दाखमा भारतले गरेको बाटो विस्तारलाई लिएर दुई देशबीच नयाँ तनाव उत्पन्न भएको थियो । यसको निकास खोज्न दुई देशका अधिकारीहरु गत ६ जुनमा वार्तामा बसेका थिए । तर यो घटनाले फेरि तनाव बढ्ने देखिएको छ ।

 

प्रतिकृया दिनुहोस