चुलाचुलीबासीले मेरो अहिले सम्मको कामको मुल्यांकन गर्दा डिष्टिङसनमा पास गर्छन : अध्यक्ष राजेन्द्र केरुङ

जनप्रतिनिधि नहुँदा पनि नागरिकका समस्या समाधानमा निरन्तर लागेका र जनप्रतिनिधि जत्तिकै नागरिकको काम गरेको कारण जनप्रतिनिधि नहुँदा पनि चर्चामा रहनु भएको राजेन्द्र केरुङ अहिले ईलामको चुलाचुली गाउँपालीकाको अध्यक्ष हुनुहुन्छ । सबै पक्षलाई समेटेर पालीकाको बिकाशका काम गर्न खप्पिस युवा गाउँपालीका अध्यक्ष राजेन्द्र केरुङ संग चुुलाचुली गाउँपालीकामा भैरहेको बिकाशका कामहरुको बारेमा हामिले कुराकानी गरेका छौं ।

सप्तरङ्गी एफ.एम. झापा/माघ २१/

अहिले के मा ब्यस्त हुनुहुन्छ । 

अब गाउँपालीकाको हिउँदे अधिवेसनको तयारी भैरहेको छ । यहि २४ गते बुधबार अधिवेसनको मिति तय गरिएको त्यसैको तयारीमा ब्यस्त भन्नु पर्यो । 
यो अधिवेसनमा नयाँ कुनै योजना थप व पुराना योजना कटौती केहि नयाँ छन् ?
त्यस्तो खासै त छैन । योजना धेरै छन् । तर स्रोत सिमित भएका कारण केहि साना योजना चाहिँ कटौति हुन्छ की भन्ने लागेको छ । 
राजस्व असुलिको लक्षमा कत्तिको सफलता हुनु भएको छ ? यो बर्ष लक्ष गरेको आय भेट्न सकिन्छ ?
यसमा हामिले अलिक लक्ष भेट्न चाहिँ सक्दैनौं कि भन्ने लागेको छ । हाम्रो हाम्दामीको मुख्य स्रोत खोला हो तर त्यसको ठेक्का लाग्न नसकेका कराण लक्षमा पुग्न नसकिएला कि भन्ने लागेको छ । तर त्यसलाई समेट्ने गरी र लक्ष अनुसारको राजस्व उठाउने गरी कोशिस चाहिँ गरिरहेका छौं । 
अब चुलाचुली गाउँपालीकामा भैरहेका बिकाश निर्माणमा कुरा गरौं । जस्तो हामि तपाईंको पालीकामा बिद्युत नपुगेको वडा नम्बर ६ स्थित साक्फारा पुगेका थियौं । त्यहाँ बिद्युत बिस्तार हुँदै थियो । अहिले के त्यहाँ बिद्युत बलिसक्यो त ?
एकदमै बिद्युत बलिसकेको छ । सबै घर घरमा बिजुली तानेर बल्न थालीसकेको छ । अब सबै घर घरमै त पुगेको छैन । अभैm कतिपय ठाउँमा पुग्न बाँकी रहेको छ । तर त्यहाँ पनि बिद्युत पुर्याउन हामि लागिरहेका छौं । त्यहाँका जनप्रतिनिधि लागिरहनु भएको छ । त्यसैले यहि बर्ष भित्रमानै साक्फाराको बाँकी रहेका ठाउँमा पनि बिद्युत पुग्ने छ । 
बिगतका बर्षहरुमा बर्षाको समयमा साक्फारामा सवारी साधन चल्न सक्दैन थिए । बाटो बन्द हुन्थ्यो । अहिलेको अवस्था के छ ?
अहिले त्यस्तो छैन । म निर्वाचित भएर आएकै बर्ष देखी साक्फारामा बाह्रै महिना सम्पर्क हुने वातावरण बनाईयो । भौगोलिक रुपमा अरु वडाको तुलनामा साक्फारा बिकट भएकै कारण त्यहाँको बिकासका लागी बिषेस ध्यान दिँदै आएको छु । अहिले पनि पालीकाको एउटा स्काभेटर त्यहिँ साक्फारामा बसेर काम गरिरहेको छ । त्यसैले पनि अब पहिलाको जस्तो अवस्था छैन । अहिले एकै दिन पनि बाटो बन्द हुने अवस्था छैन । फेरी अहिले त मेरै अध्यक्षतामा मोरङको उर्लाबारी नगरपालीका, मिक्लाजुङ गाउँपालीका साथै ईलामका मिक्लाजुङ र चुलाचुली गाउँपालीका मिलेर चार वटा पालीकाको संयुक्त बैठक बसेर त्यहाँको बाटोलाई बनाउने भनि सरोकार समिति गठन गरी तिब्र रुपमा काम भैरहेको छ । सम्माननिय प्रधानमन्त्रीनै आएर यो बाटो बनाउने भनेर घोषणा गर्नु भएकोले पनि अब साक्फारा जाने बाटो पिच बन्ने दिसामा अघि बढेको छ । कोशी प्रदेश सरकार बाट भर्खरै मात्र ४० लाख रुपैयाँ बजेट ल्याएर काम सुरु हुन लागेको छ । अबको १५ दिन भित्रमा चुली क्षेत्रको भिर खन्ने काम सुरु हुन्छ । 
अब अध्यक्ष ज्यू तपाईं गाउँपालीकाको नेतृत्वमा आएपछि अलि महत्वकांक्षि जस्तो देखिएको अफ्नै अस्पताल सञ्चालन गर्ने योजनालाई प्राथमिकता दिएर काम अघि बढाउनु भयो र अस्पताल सञ्चालन पनि भयो अहिले त्यहाँको सेवा कस्तो छ ?
काम गर्दा मानिसलाई आत्म सन्तुष्टि हुनु पर्छ । मलाई सबै भन्दा धेरै आत्म सन्तुष्टि भनेकै यो अस्पताल सञ्चालनमा भएको छ । जब हाम्रो टिम सरकारमा गए पछि चुलाचुलीमा स्वास्थ्य बिमा सहितको अस्पताल सञ्चालन गर्ने भनेर लागि पर्यौं, काम सुरु गर्न कठिननै थियो । तर पनि सफलता पाईयो । त्यस अघि रात दिन चुलाचुलीबासी दमकको अस्पतालमा आएर लाईन लाग्नु पर्ने अवस्था थियो । अहिले त्यो अवस्थाको अन्त्य भएको छ । अहिले चुलाचुली अस्पतालमा आधारभुत सुबिधा देखी एमबिबिएस डक्टर बसेर ल्याब देखी, सुगर प्रेसर, रगत जाँच लगायतका सुबिधा दिएको छ । अहिले पनि चुलाचुली अस्पतालमा दैनिक १०० जना देखी १६३ जना सम्म नागरिकलाई सेवा दिएको रेकर्ड छ । त्यो संगै अब अर्को अस्पतालको ठुलो भवन पनि निर्माण सम्पन्न भैसकेको छ तर ठेकेदारले हस्तान्तरण गर्न बाँकी छ । यहि बर्ष भित्रमा त्यहि भवनबाट अस्पताल सञ्चालन गर्ने योजना राखिएको छ । 
अब शिक्षाको क्षेत्रमा तपार्इंको नेतृत्वमा भएको काममा सामुदायीक बिद्यालयलाई स्कुलबस हस्तातरण गर्नु भएको थियो । त्यसको प्रभावकारीता कत्तिको देखिएको छ ? 
राम्रो कुरा उठाउनु भयो । पाहिलो कुरा हामि काम गर्न आएको मान्छे । चुलाचुलीलाई समृद्ध बनाउने योजना र अठोट सहित आएको मान्छे । त्यसैले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरेका छौं । एउटा सामुदायीक बिद्यालयलाई ४५ लाख रुपैयाँको बस दिएर काम गर्यौं अहिले त्यसको अत्यन्तै राम्रो प्रतिफल देखिएको छ । बिद्यालयमा बिद्यार्थिको संख्या बढेको तथ्यांक छ । बिद्यालयमा अहिले बिद्यार्थिको संख्या बढेर होस्टेलको सुरुवात पनि भएको छ । तपाई सञ्चारकर्मि साथिहरु गएर एक पटक अनुगमन पनि गरिदिनम आग्रह गर्दछु । त्यसको उपलव्धि देख्नु हुनेछ । 
अनि गाउँपालीकामा बुहारी शिक्षा कार्यक्रम पनि सुरु गर्नु भएको छ नी ?
हो त्यो पनि एकदमै ब्यापक राम्रो भएको छ । चुलाचुली गाउँपालीका भित्र बिवाह गरेर आएका बुहारी जो उच्च शिक्षा अध्ययन गर्न चाहन्छन उनिहरुलाई गाँउपालीकाले पढाई दिनेछ । यसमा पनि बुहारीहरुको आकर्षण बढेको छ । चालु बर्षमा ७/८ जना बुहारीहरुले पढिरहनु भएको छ । आगामी शैक्षिक सत्र देखी भने अभैm पढ्ने देखिएको छ । यसमा हामि एसईई पास गरेकाका बुहारीहरुलाई ११ र १२ कक्षा पढ्नेलाई अहिले निशुल्क गरेका छौं, अब त्यसमा पनि उत्कृष्ट भएर उच्च शिक्षा अध्ययन गर्न चाहने भए भने र उनिहरुको घरको अवस्था कमजोर छ भने हामि क्याम्पस पनि पढाउन सक्छौं । त्यस संगै एम.बि.बि.एस. डक्टर, एच.ए, ईन्जिनियर र जेटिए पढाउन पनि बजेट बिनियोजन गरेका छौं । त्यसमा एम.बि.बि.एस.मा कसैको आवेदन आएर एच.ए., ईन्जिनियर र जेटिएमा भने अहिले पढाईरहेका छौं । त्यसमा पनि गाउँपालीकाले लगानी गरेको छ । 
हामिले पालिकाको भौतिक बिकाशको कुरा गर्यौं मानविय संसाधनमा कत्तिको काम भएको छ ?
यसमा हाम्रो चुलाचुलीका युवाहरु लागुऔषध दुब्र्यसनमा लागेको पाईएकोले त्यसलाई न्युनिकरण गर्न कार्यक्रम गरिएको छ । त्यसैगरी आत्महत्या निरुत्साहित गर्न कार्यक्रम गरिएको छ । युवाहरुलाई मोटिभेसन गर्न कार्यक्रम गरेका छौं । नागरिक सचेतनाका कार्यक्रमहरु स्थानिय सरकारले सुरु गरिसकेको छ । तपाईंले आगामी आर्थिक बर्ष देखी त्यसको परिणाम पनि थाहा पाउनु हुने छ । 
अब अध्यक्ष ज्यू तपाईं पहिला पदमा नहुँदा पनि जनताको काम गरिनै रहनु भएको थियो । अहिले स्थानिय सरकार प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ । पदमा नहुँदा त्यहाँ पुगेपछि यस्तो गर्छु भन्ने एउटा उत्साह हुन्छ नी अहिले यहाँ आएपछि काम गर्न कत्तिको सजिलो हुने रहेछ ? अथवा काम गर्न बिभिन्न समस्या आउँदो रहेछ ?
त्यस्तो हैन काम गर्ने मान्छेलाई जत्तिसुकै अवसर आउँदा रहेछन् । मलाई चाहिँ यहाँ बसेर काम गर्दा कुनै समस्या वा हैरानी आएको छैन । ईच्छाशक्ति भित्रैबाट छ भने काम गर्न कुनै समस्या हुँदैन । म जे जे काम गर्छु भनेर आएको थिएँ ति सबै सुरुवात भएको छ । अब सबै सयको सयनै त चित्त बुझाउन सकिँदैन । तर मलाई त्यस्तो कुनै समस्या भएको छैन । अब बिरोधका लागी बिरोध गर्नेहरुले त जतिनै राम्रो काम गरे पनि राम्रो भन्दैनन । तर तपाईं गाउँपालीकाका कुनै पनि नागरिकलाई गएर सोध्नुहोस मेरो अहिले सम्मको काममा डिष्टिङसनकै अंक दिन्छन् ।

प्रतिकृया दिनुहोस