धरान उपमहानगरले ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङ गर्ने

सप्तरङ्गी एफ.एम. दमक असार ११
सुनसरीको धरान उपमहानगरपालिकाले अव ‘तीनपाने रक्सी’ लाई ब्रान्डिङ गर्ने भएको छ । जनजातीको शहर भनेर चिनिएको धरान उपमहानगरले आगामी आर्थिक बर्ष ०७७÷७८ को नीति तथा कार्यक्रममा तीन पाने रक्सीलाई प्रसोधनको व्यवस्थापन गरि प्रबद्र्धन गर्नेउल्लेख गरिएको छ ।
आदिवासी जनजातिहरूको पुस्तैनी कला र संस्कृतिको रूपमा रुपान्तरण हुँदै आएको ‘तीनपाने रक्सी’ लाई पहिचान र प्रवद्र्धन गर्न आवश्यक नीति निर्माण गरी व्यवसायीकरण गर्ने कार्यक्रम लागू गरिने कुरा उप महानगरको निति तथा कार्यक्रममा समावेस गरिएको हो । यसको लागि सरोकाराला पक्षहरूसँग समन्वय गरी प्रशोधन र ब्राण्डिङ समेत गरिने जनाईएको छ ।
यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान स्थापित गरेको धराने कालो बङ्गुरलाई समेत व्यवसायिकरण गरी धरानको आर्थिक समृद्धिसँग जोड्ने कार्यक्रम लागू गरिने पनि बजेटमा समावेश गरिएको छ ।

 

प्रतिकृया दिनुहोस