उद्योग बाणीज्य संघ दमकको चाडवाड केन्द्रित सुरक्षा विषयक अन्तर्क्रिया कार्यक्रम सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/असोज १५/
उद्योग बाणीज्य संघ दमकले आज नजिकिएका चाडवाड केन्द्रित सुरक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोपाल गुरागाईंको अध्यक्षता तथा दमक नगर उप प्रमुख रेगिना भट्टराईको प्रमुख उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । 
कार्यक्रममा सहभागीहरुले चाडपर्वको समय सुरु भएसंगै महंगी बढ्ने, बजारमा कृत्रिम अभवा सिर्जना हुने, आपराधिक घटना हुने, चोडी डकैती लुटपाट जस्ता घटना हुने भएकोले सरोकारवाला निकाय चनाखो हुनु पर्ने बताएका छन् । कार्यक्रममा उद्योग बाणिज्य संघ दमकका उपाध्यक्ष ज्ञानु पौडेल, पत्रकार बिष्णु सुब्बा, औषधि व्यवसायी नेत्र चम्लागाईं लगायतले बोल्दै बजार अनुगमन बढाउनु पर्ने, बिषेस सुरक्षा योजना बनाउनु पर्ने, बिग्रिएका सार्वजनिक बत्तिहरु मर्मत गर्नु पर्ने लगायतका सुझावहरु दिनु भएको थियो । 
सरोकारवालाले उठाएका जिज्ञासाहरुको जवाफ दिँदै नगर उप प्रमुख रेगिना भट्टराईले बजार अनुगमनलाई तिब्रता दिईएको, कृत्रिम अभाव नगराउन, महंगी बढ्न नदिन व्यवसायीलाई सचेत गराईएको बताउनु भयो । कुनै एउटा निकायले मात्रै सुशासन कायम गराउन असंभव रहेको भन्दै सबै नागरिक समेत सचेत बन्नु पर्ने बताउनु भयो । 
कार्यक्रममा ईलाका प्रशासन कार्यालय दमकका प्रमुख महेस्वर तिम्सिना, ईलाका प्रहरी कार्यलय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक मनोज कुमार लामा, दमक वडा नम्बर १ का वडा अध्यक्ष हरि तिम्सिना, ७ का अध्यक्ष भिम पौडेल, ८ का अध्यक्ष दिपेश दाहाल लगायतले बोल्दैै उपभोक्ता सबै सचेत बन्नु पर्ने बताउनु भयो । उद्योग बाणीज्य संघ दमकले समय सान्दर्भिक कार्यक्रम गरेकोमा सहभागीहरुले धन्यबाद समेत दिएका थिए ।

प्रतिकृया दिनुहोस