दमकको धनेश्वर मन्दिरमा भविष्य महापुराण हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ १२/
दमक – ५ मा रहेको श्री धनेश्वर महादेव पाञ्चायन मन्दिर परिषरमा श्री भविष्य महापुराण ज्ञान महायज्ञ आयोजना गरिने भएको छ । आज पुराण मुल आयोजक समितिले मन्दिर परिषरमा पत्रकार सम्मेलन गर्दै यही माघ १९ गतेदेखि २५ गतेसम्म १२ औं अनुष्ठान हुने जानकारी दिएको हो । 
मुल समितिका अध्यक्ष रुद्र बहादुर कार्कीले धनेश्वर मन्दिर परिषरमा १८ पुराण लगायने योजना सहित अहिले १२औं पुराणको रुपमा भविष्य महापुराणको अयोजना गरिएको जानकारी दिनुभयो । उहाँले विगतका वर्षहरुमा झै यो वर्षपनि भक्तजनहरुको उपश्थिति र सबैको साथ र सहयोगको अपेक्षा गरिएको बताउनुभयो । मन्दिर समितिका अध्यक्ष समेत रहनु भएका कार्कीले महापुराणमा दाताहरुलाई सम्मानसहित विभिन्न साँस्कृतिक कार्यक्रम हुने पनि जानकारी दिनुभयो ।
पुराणको तयारीको लागि विभिन्न उपसमिति समेत बनिसकेको छ । प्रकाश खड्काको अध्यक्षतामा ब्यवस्थापन समिति गठन गरिएको साथै प्रचारको कार्य समेत शुरु भएको समितिका सचिव एकराज लुईटेलले जानकारी दिनुभयो । उहाँले पुराणलाई सफल गराउन १४ उपसमिति निर्माण गरिएको र सबैको जिम्मेवारी तोकिएको बताउनुभयो । आगामी माघ १९ गते कलस सोभायात्रासँगै महापुराणको प्रारम्भ हुने पुराण उहाँले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस