कांग्रेस महामन्त्री थापाको संवाद यात्रा भोलीदेखि झापाको भद्रपुरबाट सुरु हुँदै

सप्तरङ्गी एफ.एम. दमक/माघ १२/
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले माघ १३ गते (भोली) देखि झापाबाट संवाद यात्रा सुरु गर्नु हुने भएको छ । महामन्त्री थापाले शनिवार भोली विहान ८ बजे झापाको भद्रपुस्थित मेची भन्सारबाट यात्रा आरम्भ गर्नु हुनेछ । 
समुदायमा कांग्रेस अभियान अन्तर्गन यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्व प्रकाश शर्मा र पूर्व महामन्त्री कृष्ण प्रसाद सिटौला पनि सहभागी हुने नेपाली कांग्रेस झापाले जनाएको छ । महामन्त्री थापाल भोली विहान ८ बजे मेचीपुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्नुहुनेछ ।
पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लाग्नुभएको हो । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने (भाषणका कार्यक्रम नगर्ने) तयारी छ ।
कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी माघ १२ गतेदेखि २६ गतेसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गर्दैछ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लाग्नु भएको हो । 
महामन्त्री थापाले भोली विहान ९.३० बजेदेखि १० बजेसम्म झापा चौकमा चिया संवाद गर्नुहुनेछ । त्यसपछि थापाले विहान १० बजे हल्दिबारी गाउँपालीकाको जलथलस्थित कन्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२.३० बजेदेखि २ बजेसम्म झापा गाउँपालीकास्थित झापा बजारमा खुल्ला संवाद गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, गौरिगञ्ज गाउँपालीकाको कुन्जीवारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे गौरिगञ्जकै खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
थापाको संवाद यात्रा नेपाली कांग्रेसका नेता कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिकसँग सम्वाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ । 
संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा माघ २६ गते सकिनेछ ।

 

प्रतिकृया दिनुहोस