नेविसंघ झापाका सचिव जितेन राईको अगुवाईमा बोनम्यारो रोगी सरस्वती बोखिमलाई सहयोग

सप्तरङ्गी एफ.एम. झापा/माघ १७/
झापा, कमलका युवाहरुले पाँचथर, तुम्बेवा ४ घर भई हाल दमक बहुमुखी क्याम्पस कक्षा १२ मा अध्ययनरत १९ बर्षिया सरस्वती बोखिम राईको उपचारमा १ लाख ५१ हजार रुपैया सहयोग उपलव्ध गराएका छन् ।
कमल घर भई दमकमा कर्म व्यूटि सैलुन व्यवसाय सञ्चालन गर्दैआएका नेपाल विद्यार्थी संघ झापाका सचिव समेत रहेका जितेन राईको अगुवाईमा संकलित उक्त सहयोग बोनम्यारो पीडित राईलाई हस्तान्तरण गरिएको हो ।
आज अभियान टोलीले पत्रकार सम्मेलन गरि बोनम्यारो रोगी राईलाई संकलित सहयोग रकम प्रदान गरिएको थियो । उनका अनुसार अभियानमा पीडित राईको बोनम्यारो प्रत्यारोपणका लागि दमकस्थित मोडल क्याम्पस साहित्यीक मञ्चबाट १२ हजार रुपैयाँ, कमलको फोनिक्स स्कूलका बालबच्चाबाट ६ हजार ३ सय २५ रुपैयाँ, काकड्भिट्टा बहुमुखी क्याम्पसका स्ववियू सभापति विशाल तामाङको अगुवाईमा सुर्योदय अंग्रेजी स्कूल, तारापुञ्ज अंग्रजी स्कूल, अरुणोदय अंग्रेजी स्कूल लगायतका विद्यार्थीहरुबाट ३० हजार रुपैयाँ, दक्षिण कोरियामा बस्दैआएका क्याप्टेन लिम्बूको पहलमा ७६ हजार रुपैयाँ र दमकका युवाहरुबाट संकलित २७ हजार १ सय ७५ रुपैया एकमुष्ठ प्रदान गरिएको हो ।
अभियानमा जितेनसंगै दमकका मनकारी युवाहरु सुनिल हतासो, ललित मगर, द्रोण दाहाल, नवराज ढकाल, आशिष लेछार्वी, सायन साम्पाङ, शमिर स्याङदेन, अनिल सम्बाहाम्फे, रोनाहाङ राई, अभिषेक थुलुङलगायतका टोली सहयोग जुटाउन क्रियाशील रहेका थिए ।

 

प्रतिकृया दिनुहोस