आम्दा अस्पतालमा दमक नगरपालीकाको आनुगमन

सप्तरङ्गी एफ.एम. झापा/माघ १७/
दमकस्थित आम्दा अस्पतालको आज नगरपालीकाले अनुगमन गरेको छ । नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराई सहित कर्मचारीहरुको टोलीले अस्पतालको अनुगमन गरेको हो । अनुगमनका क्रममा अस्पतालमा उपचाररत बिरामीहरु संग समेत नगर प्रमुख र उप प्रमुखले अस्पतालको सेवाका बारेमा सोधिखोजी गर्नु भएको छ । आम्दा अस्पतालमा प्रसुति गराउने बिरामी सबैको उपचार खर्च सहित खानाका ब्यवस्था र न्यानो कपडा समेत दमक नगरपालीकाले उपलब्ध गराउँदै आएको छ । 
नगरपालीकाले सञ्चालन गरेको कार्यक्रम अस्पतालले कसरी प्रभावकारी रुपमा सञ्चालन गरिरहेको छ भन्ने बारेमा जानकारी लिन अनुगमन गरिएको नगर प्रमुख थापाले बताउनु भयो । अनुगमनका क्रममा बिषेश गरी आमा सुरक्षा कार्यक्रमको बारेमा जानकारी लिईएको थियो । आम्दा अस्पताल दमकमा प्रसुति गराउन आउने सेवाग्राहीहरु धेरै रहेकोले उनिहरुको उपचारका बारेमा जानकारी लिईएको नगर उप प्रमुख रेगिना भट्टराईले बताउनु भयो । आम्दामा प्रसुती गराउनेको सम्पुर्ण खर्च नगरपालीकाले अस्पताललाई उपलब्ध गराउँदै आएको र यसको अनुगमन गरिएको उहाँले बताउनु भयो । 
अस्पतालले सञ्चालन गरिरहेको नगरपालीकाको कार्यक्रम सन्तोषजनकनै रहेको अनुगमनमा सहभागी नगरपालीकाको स्वास्थ्य शाखाका अधिक्रित नगेन्द्र भट्टराईले जानकारी दिनुभयो । नगरपालीकाका सबै कार्यक्रम प्रभाकारी रुपमा कार्यान्वयन भईरहेको भए पनि सुत्केरी आमा र बच्चाका लागी उपलब्ध गराईने एकसरो न्यानो कपडा भने तत्काल सकिएकोले अहिले बाँड्न नसकिएको उहाँले बताउनु भयो । कपडाको लागी पनि टेण्डर आह्वान भईसकेकोले केहिदिनमै वितरण गरिने अधिक्रित भट्टराईले बताउनु भयो । अहिले प्रसुति भएकाहरुको पनि सम्पर्क नम्बर राखिएकोले कपडा आउनासाथ सम्पर्क गरेर उपलब्ध गराईने उहाँले बताउनु भयो । 

 

प्रतिकृया दिनुहोस