हिमाबिमा सञ्चालित क्यन्टिनमा दमक नगर उप प्रमुख रेगिना भट्टराईद्वारा आकस्मिक अनुगमन

सप्तरङ्गी एफ.एम. झापा/माघ २३/
दमक २ मा रहेको हिमालय माध्यमिक बिद्यालयमा सञ्चालित क्यन्टिनमा आज दमक नगर उप प्रमुख रेगिना भट्टराईले आकस्मिक अनुगमन गर्नु भएको छ । दमकको नमुना भनिएको हिमालय माध्यमिक बिद्यालयमा रहेका क्यान्टिनमा अकस्मिक अनुगमनका क्रममा केहि क्यान्टिनमा चुक अमिलो लगायतका पदार्थ भेटिएकाले बिद्यालयमा यस्ता सामाग्रि नबेच्न सचेत गराईएको छ । 
बिद्यालयका प्रधान अध्यापक द्रोण श्रेष्ठ सहित अनुगमनका पुग्नु भएकी नगर उप प्रमुख भट्टराईले अखाद्य पदार्थ बिक्रि गरेको पाईए कारबाही गर्ने चेतावनी समेत दिनु भएको छ । सबैले स्वास्थ खानेकुरामात्रै खनु पर्नेमा अझ बालबालीकाले खाने ठाउँमा झन ध्यान दिनु पर्ने उहाँले बताउनु भयो । 
सामुदायीक बिद्यालयका कक्षा पाँच सम्म अध्ययन गर्ने बिद्यार्थिलाई सरकारलेनै खाजा उपलब्ध गराउँदै आएको छ । सरकारले उपलब्ध गराउने खाजामा कहिले फलफुल, कहिले रोटी जस्ता स्वस्थकर खाना मात्रै उपलब्ध गराउँदै आएको बिद्यालयका प्रधान अध्यापक श्रेष्ठले बताउनु भयो । अनुगमनका क्रममा उप प्रमुख भट्टराईले क्यान्टिनमा पाईने खाना खाएरै समेत परिक्षण गर्नु भएको थियो । बिद्यालयमा मात्रै नभर अन्यत्र सञ्चालन गरिएका होटलहरुमा पनि सबैले अखाद्य चिज बिक्रि गर्न नहुने उप प्रमुख भट्टराईले बताउनु भयो । 

 

प्रतिकृया दिनुहोस