गायक प्रमाेद खरेल र रुक्सना लिम्बूको गित सार्वजनिक भएको पहिलो दिनबाटै युट्युव ट्रन्डिङमा

सप्तरङ्गी एफ.एम. दमक/माघ २४/
पछिल्लो पुस्ताका लोप्रिय गायक प्रमोद खरेल र भ्वाइस अफ किड्स फाइनलिस्ट रुक्सना लिम्बूको स्वरमा रहेको गीत ‘नोगेन’ सार्वजनिक भएको छ । सार्वजनिक भएको गितमा भ्वाइस अफ किड्सका कोच प्रमोद खरेल र उहाँकै टिमबाट फाइनलिस्ट बन्न सफल रुक्सना लिम्बूको अन्तरसम्वादलाई प्रयोग गरिएको छ । गितमा रुक्सना लिम्बुको स्वरको प्रशंसा गर्दै लिम्बु निकै राम्रो प्रतिभा भएको देखाउन खोजिएको छ । 
महेश खड्काको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन रहेको छ । गायक प्रमोद खरेलको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गितको भिडियोमा रुक्सना र प्रमोदलाई नै फिचरिङ गराइएको छ । हिँजो सरस्वति पुजाको दिन पारेर सार्वजनिक भएको म्युजिक भिडियो पहिलो दिनबाटनै युट्युवको ट्रेन्डिङमा परेको छ । हिँजो अपरान्ह सार्वजनिक भएको भिडियो आज दोस्रो दिन यो समाचार तयार पर्दा सम्ममा युटुयुव ट्रेन्डिङको सातौं नम्बरमा रहेको छ ।
मिनाक्षी कोइरालाको निर्देशनमा बनेको भिडियोलाई अर्जुन तिवारीले छायांकन र मिलन विश्वकर्माले सम्पादन गर्नु भएको छ । 

 

प्रतिकृया दिनुहोस