भेटिए मलेसियमा वेपत्ता भएका झापा कचनकवलका युवक

सप्तरङ्गी एफ.एम. दमक/असोज ५/
तिन साता देखी मलेसियामा वेपत्ता झापा कचनकवलका युवा भेटिएका छन् । ५ बर्ष देखी मलेसियमा रहेका झापा कचनकवल गाउँपालीका वडा नम्बर ७ बालुबाडीका वीरबहादुर थेबेका छोरा सहमान थेबे गत सेप्टेम्बर १ तारिख (भदौ १६ गते) देखि वेपत्ता भएको भन्दै परिवारले खोजि गरिदिन आग्रह गरेको थियो । 
सहमान संग आज सम्पर्क भएको मलेसियाम रहेका उहाँका छिमेकी दिनेश अधिकारीले जानकारी दिनुभयो । आफ्नो तलब लिएर बेलुकी साढे ९ बजे कोठाबाट निस्किएपछि तिन हप्ता सम्म सम्पर्क नहुँदा साथिभाई र प्रहरीसंग खोजविनका लागी आग्रह गरिएको भन्दै अधिकारीले अहिले सहमान संग सम्पर्क भएको जानकारी दिनुभयो । अहिले सहमान मलेसियन प्रहरीको नियन्त्रणमा रहेको भन्दै उहाँले सहमानलाई कसरी प्रहरीमा पुगेको भनेर बुझ्ने काम भैरहेको बताउनु भयो । 
मलेसियास्थित नेपाली राजदुताबासमा सम्पर्क गरेर सहमानलाई स्वदेश फर्काउने बिषयमा कुरा भैरहेको उहाँले बताउनु भयो ।

प्रतिकृया दिनुहोस