सप्तरङ्गी एफ.एम. का अमेरीकास्थित सम्बाददाता अर्जुन प्रधान नेपाली मन संगितीक कार्यक्रम लिएर आउँदै

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक १०/
सप्तरङ्गी एफ.एम. का अमेरीकास्थित सम्बाददाता भुटानी पत्रकार तथा समाजसेवी अर्जुन प्रधानले नेपाली मन र नेपाली पनसगँ सदैव नजिक नेपाली मन संगितीक कार्यक्रम सञ्चालन गर्नु हुने भएको छ । प्रधानले भुटानी समाजका गतिविधिलाइ समेटेर सप्तरङ्गी एफ.एम. सहित विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेशण गर्दै आउनु भएको छ । प्रत्येक हप्ताको वुद्धवार र शनिवार सञ्चालन गरिने कार्यक्रममा भुटानी कलाकारहरुको कथा, ब्यथा, संगीत र सहित्यमा योगदान र सम्मानका विषयमा विशेष चर्चा गरिने सञ्चालक प्रधानले जानकारी दिनुभएको छ । 
प्रधान भुटानी समाजका एक सकृय र सञ्चार संयोजकका रुपमा नेपाली सञ्चारक्षेत्र र अन्तर्राष्ट्रीय मिडियमा निरन्तर काम गर्दै आउनु भएको छ । 
सो कार्यक्रम सोसल मिडिया यूटुब, फेशबुक, टिकटक लगायत अन्य श्रेत्रमा पनि हुने साथै नेपालको झापा, दमकबाट सञ्चालित एफ.एम सप्तरङगी १०१.६ मेगहर्ज मार्फत महिनाको एक साता प्रशारण हुने जनाईएको छ ।

प्रतिकृया दिनुहोस