विश्व वातावरण दिवसमा झापाको कमलमा १ हजार बिरुवा रोपियो

सप्तरङ्गी एफ.एम. दमक/जेठ २२/
५० औँ विश्व वातावरण दिवसको अवसर पारेर आज झापाको कमल गाउँपालीकामा १ हजार बिरुवा रोपिएको छ । स्थानिय गुह्येश्वरी सामाजिक संस्थाको आयोजना सहित बिभिन्न संस्थाहरुको सहकार्यमा ति बिरुवा रोपिएको हो । 
कमल गाउँपालीका वडा नम्बर ५ पाडाजुङ्गी उत्तर सडकको दायाँबायाँ करिब १ हजार बिरुवा बृक्षारोपण गरिएको गुह्येश्वरी सामाजिक संस्थाका सचिव विश्णुप्रसाद खनालले जानकारी दिनुभयो । बृक्षारोपण कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्मारिका स्कुलको स्काउट टोली र स्थानिय टोलबासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।
बृक्षा रोपण कार्यक्रम सुरु हुनु भन्दा अघि भएको औपचारीक कार्यक्रमका वक्ताहरुले वातावरण जोगाउन हरेक घरमा वृक्षारोपण गर्न आग्रह गरेका थिए । वनजंगल मासिँदै जाँदा वातावरणमा गम्भीर असर परेको भन्दै उनिहरुले दिवसमा मात्रै नभएर वातावरण संरक्षणमा अन्य समयमा पनि लाग्नुपर्नेमा जोड दिए । वक्ताहरुले जलवायु परिवर्तनका कारण मानव जीवनसँगै जीवजन्तु र पशुपक्षीमा समेत गम्भीर असर पर्न थालेको यसका लागी घर घरमा रुख रोप्ने अभियान चलाउनु पर्ने बताएका थिए ।

प्रतिकृया दिनुहोस