झापाको गौरादहमा रहेको डोरामारी मा. बि. को ५६ औं बार्षीकउत्सब सम्पन्न

सप्तरङ्गी एफ.एम. दमक/पुश १४/
झापाको गौरादहमा अवस्थित डोरामारी माध्यमिक बिद्यालयले आफ्नो ५६औं बार्षिक उत्सब सम्पन्न गरेको छ । बिध्यालय प्राङ्गणमा आज सनिबार एक औपचारिक कार्यक्रमगर्दै बिध्यालयले आफ्नो बार्षिक उत्सब सम्पन्न गरेको हो । कार्यक्रमको अबसरमा बिध्यालय बिध्यार्थीहरुले स्वागत तथा साङ्गितिक नृत्य का साथमा बिध्यालयको स्काउट समुहले अतिथीहरुलाई स्वागत सम्मान अर्पण गरेको थियो । 
कार्यक्रमको अबसर पारेर बिध्यालयका पुर्ब प्रधानाध्यापक, पुर्ब ब्यबस्थापन समिति अध्यक्ष तथा पुर्ब शिक्षक अभिभावक संघ अध्यक्ष हरुलाइ सम्मानित गरिएको थियो । साथै बिध्यालयको बार्षीक परिक्षामा उत्कृष्ट बिध्यार्थी तथा जेहेन्दार बिध्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । 
बिध्यालयको ५६ औं वार्षिक उत्सबको अबसरमा आयोजित अभिभावक तथा बिध्यार्थिहरुका विभिन्न रोमाञ्चक खेलका बिजेताहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रम लाई गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी, उप-प्रमुख जलबर्षा राजबंशी, प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा तथा अक्षयकोषदाता देशबन्धु कार्की लगायतले सम्बोधन गरेकाथिए । डोरामारी माध्यमिक बिध्यालय बि.स. २०२४ साल पुस १४ गते स्थापना भएको गौरादह छेत्र मध्येको एक जेठो बिध्यालय हो ।

प्रतिकृया दिनुहोस