अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको अध्यक्षमा प्रकाश पराजुली चयन

सप्तरङ्गी एफ.एम. दमक/पुश १४/
अङ्ग्रेजी भाषा शिक्षकहरूको सङ्गठन नेल्टा झापाको हालै सम्पन्न जिल्ला सम्मेलनबाट प्रकाश पराजुलीको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति गठन गरिएको छ । नवगठित जिल्ला समितिको उपाध्यक्षमा भोजप्रसाद भट्टराई, सचिव केशव उप्रेती, सहसचिव संगीता बस्नेत र कोषाध्यक्षमा वत्सल भट्टराई चयन हुनु भएको छ ।
यसैगरी सदस्यहरूमा पुण्यमाता खतिवडा, तारा लाबुङ, अनुप शर्मा, खेमराज आचार्य, समीक्षा गौतम, राजेन्द्र अधिकारी, दिपेन लिम्बु, दीपक शर्मा वाग्ले, रामप्रसाद पराजुली र अमिर कुमार तिम्सिना चयन हुनु भएको छ ।
सम्मेलनले नेल्टा झापाका निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराई को संयोजकत्वमा पाँच सदस्य सल्लाहकार समिति समेत गठन गरेको छ । समितिका सदस्यहरूमा केशव प्रसाद मैनाली, रुद्रबहादुर थापा, टिका प्रसाद सुवेदी र जेनी राई रहनु भएको छ । आज शनिबार बिर्तामोडमा आयोजित एक समारोहका बीच निवर्तमान अध्यक्ष धर्मेन्द्र भट्टराईले नवनिर्वाचित अध्यक्ष प्रकाश पराजुलीलाई माइनेट हस्तान्तरण गरी जिम्मेवारी प्रदान गर्नु भयो । 
सात वर्षअघि पहिलोपटक झापामा नेल्टाको गठन भएको थियो । दुई कार्यकालसम्म लगातार धर्मेन्द्र भट्टराईको नेतृत्वमा नेल्टा झापाले विभिन्न शैक्षिक कार्यक्रम हरू सञ्चालन गर्दै आएको थियो । नयाँ नेतृत्व चयनका लागि नेल्टा झापाले तेस्रो जिल्ला सम्मेलन को आयोजना गरी नवनिर्वाचित कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो । बिर्तामोडस्थित एभरेस्ट स्मार्ट एजुकेसन फाउन्डेसनमा आयोजना गरिएको सम्मेलनमा नेपालका सुप्रसिद्ध लेखक तथा अंग्रेजी शिक्षकका प्राध्यापक प्रोफेसर डक्टर विष्णु सिंह राईको प्रमुख आतिथ्यता रहेको थियो भने नेल्टा कोशी प्रदेशका अध्यक्ष गुणराज नेपाल प्रमुख वक्ताको रुपमा रनु भएको थियो । यसैगरी कार्यक्रममा प्राध्यापक उषा किरण वाग्ले र जेनी राईले विशेष सेसनहरू प्रस्तुत गर्नुभएको थियो । 
नेल्टा झापाका अध्यक्ष तथा केन्द्रीय सदस्य धर्मेन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिर्तामोड नगरपालिकाका शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, नेल्टा का केन्द्रीय सदस्य केशव भट्टराई, नेल्टा कोशी प्रदेशका महासचिव रविन बराल, इलाम शाखाका उपाध्यक्ष तीर्थमान राई, एभरेस्ट स्मार्ट स्कुलका प्रिन्सिपल अनुप शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । 
झापाका सरकारी तथा संस्थागत विद्यालय क्याम्पस तथा कलेजका अङ्ग्रेजी शिक्षकहरूको उल्लेख्य सहभागिता रहेको उक्त सम्मेलन को सञ्चालन केशव उप्रेती र संगीता बस्नेतले गर्नु भएको थियो । सम्मेलनलाई जेनुइन कन्सल्टेन्सी एण्ड भिसा सर्भिस ले प्रमुख प्रायोजन गरेको थियो भने एभरेस्ट स्मार्ट स्कुल बुट्टाबारी, इन्द्रचन्द्र क्याम्पस बिर्तामोड, इकोहोम कलेज बिर्तामोड र एन प्याप्सन झापा को सहयोग रहेको थियो ।

प्रतिकृया दिनुहोस