उद्योग बाणीज्य संद दमकले दमक महोत्सव लगाउँदै

सप्तरङ्गी एफ.एम. झापा/माघ १७/
उधोग वाणिज्य संघ दमकले दमक महोत्सव २०८० आयोजना गर्ने भएको छ । दमक उधोग वाणिज्य संघले यही माघ २८ गतेदेखि फागुन १२ गते सम्म दमक महोत्सव आयोजना गर्न लागेको हो ।
दमक उधोग वाणिज्य संघले आज पत्रकार सम्मेलन गरेर महोत्सवको तयारी भई रहेको जानकारी दिएको छ । दमक ७ स्थित सयपत्री टोलको आधारभूत स्वास्थ्य केन्द्र रहेको क्षेत्रको खुल्ला मैदानमा हुने दमक महोत्सवको लागि मैदान सम्माउने, स्टल निर्माण लगायतका काम भइरहेको अध्यक्ष गोपाल गुरागाईले जानकारी दिनु भयो । महोत्सवमा १ सय ३५ वटा अटाउने डुम ह्रयागर स्टल निर्माण भइरहेको उहाँले बताउनु भयो । 
यस वर्षको पाँचौं दमक महोत्सवमा प्रदेश स्तरीय औधोगिक ब्यापार, पर्यटन एवम् कृषि महोत्सव लगाइने वाणिज्य संघले जनाएको छ । पत्रकारको जिज्ञासामा महोत्सवमा ५ करोड सम्मको ब्यापारिक कारोवार र १ लाख जना दर्शक भित्र्याउने लक्ष्य रहेको अध्यक्ष गुरागाईले बताउनु भयो । मूल समिति सहित महोत्सव सम्पन्न गर्न डेढ दर्जन बढी बिभिन्न उप समिति गठन गरेको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला महोत्सव उप समिति सम्योजक राजु खड्काले जानकारी दिनु भयो । उद्योग बाणीज्य संघ दमकका निर्वतमान अध्यक्ष तथा उद्योग बाणीज्य महासंघ केन्द्रीय सदस्य गोकुल श्रेष्ठले दमकको पहिचान कायम गर्न महोत्सव सहयोगी हुने बताउनु भयो । अहिले सुस्त रहेको बजारलाई चलायमान गर्न पनि मेला महोत्सव अति आवश्यक रहेको श्रेष्ठको भनाइ रहेको छ । 
नेपाल मात्र नभएर छिमेकी मुलुकवाट पनि लोकप्रिय कलाकारहरु ल्याएर साँगीतिक प्रस्तुती दिने तयारी भइरहेको साँस्कृतिक कार्यक्रम संचालन उप समिति संयोजक ज्ञान नाथ पौडेलले बताउनु भयो । दमक महोत्सवको अनुमानित खर्च ९८ लाख रुपैया, अनुमानित आम्दानी १ करोड ३ लाख ५० हजार रुपैयाँ हुने अनुमान गरेको वाणिज्य संघ दमक द्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
ख्याति प्राप्त कलाकारहरुको दैनिक प्रस्तुती, अत्याधुनिक प्रविधिको वाल उधान तथा खेल तमासा, अटो मोवाइल प्रर्दशनी विक्री र प्रवेश टिकटमा उपहार लगायतका महोत्सवको मुख्य आर्कषण रहेको अध्यक्ष गोपाल गुरागाईले बताउनु भयो ।

 

प्रतिकृया दिनुहोस