सुनसरीको ईटहरीमा मनाईयो विश्व रेडियो दिवस

सप्तरङ्गी एफ.एम. झापा/फागुन १/
ब्यवसायीक रेडियोहरुको साझा संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान)ले आज १३ औं विश्व रेडियो दिवस मनाएको छ । बान कोशी प्रदेश समितिको आयोजनामा सुनसरीको ईटहरीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको हो । 
बान कोशी प्रदेश समिति अध्यक्ष गिरिराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा वक्ताहरुले सञ्चारमा प्रबिधिको बिकाश भए पनि रेडियोनै सञ्चारको प्रभावकारी माध्यम भएको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शम्शेर राईले मुलुकको हरेक राजनैतिक परिवर्तन देखी समाजिक परिवर्तन समेतमा रेडियोको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । प्रबिधिहरुमा आएको बिकाश संगै रेडिया सञ्चालमा केहि चुनौति आएको भए पनि अहिले पनि रेडियो सञ्चारको प्रभावकारी माध्यम भएको बताउनु भयो । प्रदेश सरकारले हालै प्रदेशसभामा सञ्चार सम्बन्धि बिधेयक पेश गरेको भन्दै उहाँले यो बिधेयक पास भए पछि धेरै कानुनि समस्या समाधान भएर जाने दाबी गर्नु भयो । उहाँले कोशी प्रदेशमा रहेका ब्यवसायीक रेडियोहरुलाई बचाई राख्न प्रदेश सरकारको तर्फबाट आवस्यक भुमिका निर्वाह गर्न तयार रहेको बताउनु भयो । 
कार्यक्रममा बानका केन्द्रिय सल्लाहकार प्रेम बस्नेत, केन्द्रिय सदस्यहरु हिमाल राई र बाबुराम निरौला, पत्रकार महासंघ केन्द्रिय सदस्य अमक खड्का, ईटहरी उद्योग बाणीज्य संघकी उपाध्यक्ष सोभा कोईराला लगायतले बोल्दै अहिले पनि सञ्चारमा रेडियोनै प्रभाबकारी रहेको भन्दै पछिल्लो समय रेडियो सञ्चालन व्यवस्थापनमा चुनौती थपिएको भन्दै राज्यले यसतर्फ ध्यान दिनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बानका पुर्व केन्द्रिय सल्लाहकार चेतन धमलाले रेडियो सञ्चालन चुनौती र संभावना बिषयमा अबधारणापत्र प्रस्तुत गर्नु भएको बान कोशी प्रदेश उपाध्यक्ष अरबिन्द मेहताले जानकारी दिनुभयो । 

 

प्रतिकृया दिनुहोस