टंक ढकाल नेतृत्वको नेपाल सांस्कृति संघ दमक नगर समितिले पुर्णता पायो

सप्तरङ्गी एफ.एम. दमक/असोज २१/
नेपाल सांस्कृति संघ दमक नगर समितिले पुर्णता पाएको छ । नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयमा आज भएको एक भेलाले टंक ढकालको अध्यक्षतामा गठन गरिएको सांस्कृतिक संघलाई पुर्णता दिएको हो । 
नेपाल सांस्कृतिक संघ केन्द्रिय सदस्य बालकृष्ण निरौलाको प्रमुख आतिथ्यतामा भएको भेलाले संघको दमक नगर समिति उपाध्यक्ष द्वयमा आविस्कार भट्टराई र अस्मिता अधिकारी चापागाईं, सचिवद्वयमा पशुपति अधिकारी र रेनुका ओली, सह सचिव द्वयमा अम्बिका ओझा र किरण पराजुली साथै कोषाध्यक्षमा तारा ढकाललाई सर्वसम्मत चयन गरेको हो । 
२१ सदस्सीय समितिको सदस्यहरुमा एलिशा ओली, शम्भु राई, फुलमायाँ धिमाल लगायत चयन भएको नेपाली कांग्रेसका कार्यबाहक नगर सभापति प्रेम भट्टराईले जानकारी दिनुभयो । 
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सभापति ढुण्डी भण्डारी, महाधिवेसन प्रतिनिधि मन्धरा पौडेल, प्रदेश क्षेत्र सभापति रावी केसी न्यौपाने, नेपाल सांस्कृति संघका केन्द्रिय सदस्य दिलबहादुर बुढाथोकी लगायतले नवनिर्वाचित समितिलाई सुभकामना दिंदै नेपाली कांग्रेसको सांगठनिक बिस्तारका लागी काम गर्न आग्रह गर्नु भएको थियो । 

 

प्रतिकृया दिनुहोस