सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जिवनी समेटिएको पुस्तक आकाशगंगा मुन्तिर बिमोचन

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक २४/
सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जिवनी समेटिएको पुस्तक आकाशगंगा मुन्तिर बिमोचन गरिएको छ । सेर्गेम प्रकाशन गृह दमकले प्रकाशन गरेको पुस्तक आकाशगंगा मुन्तिरको साझा प्रकाशनका पूर्व महाप्रबन्धक तथा बरिश्ठ साहित्यकार डा. तुलसी भट्टराईले आज दमकमा एक कार्यक्रमका विच बिमोचन गर्नु भएको हो । 
३५ जना सेवा निवृत्त शिक्षकहरुको शैक्षिक जिवनी समेटिएको पुस्तकमा नेपाली शिक्षण अवस्थाको बिगत भेट्न सकिने पुस्तक प्रकाशन समितिका सम्योजक कमलराज भट्टराईले जानकारी दिनुभयो । सबै शिक्षकहरुको सामुहिक प्रयत्नमा पुस्कत तयार गरिएको भन्दै उहाँले पुस्तकले सेवा निवृत्त शिक्षकहरुको जिवन क्रियासिल बनाउन सहयोग पुर्याएको बताउनु भयो । 
दमकमा अग्रज शिक्षासेवी मेघराज तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पुस्तकका प्रधान सम्पादक समेत रहेका प्राध्यापक डा. गोविन्दराज भट्टराईले गर्नु भएको थियो । 
पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक मोहन भण्डारी, प्रध्यापक धनन्जय बाँस्कोटा लगायतले सुभकामना मन्तव्य राख्नु भएको थियो भने बरिष्ठ हाँस्यब्यंग्य कवि लक्ष्मण गाम्नागेले कविता प्रस्तुत गर्नु भएको थियो । 

 

प्रतिकृया दिनुहोस