कवि प्रकाश बुढाथोकीको कबिता संग्रह “भुइँकुईरो” बिमोचन

सप्तरङ्गी एफ.एम. दमक/कात्तिक ११/
दमकका अग्रज कवि प्रकाश बुढाथोकीको कबिता संग्रह “भुइँकुईरो” को आज बिमोचन गरिएको छ । बरिष्ठ गितकार शिवसंकर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कवि बुढाथोकीका नातिनिद्वय अनन्या बुढाथोकी र नुरश्री थापा सहित प्रमुख अतिथि थापाले संयुक्त रुपमा कृतिको बिमोचन गर्नु भएको हो । 
बिमोचित कबिता संग्रहको युवा कवि दिपा दाहाल, समालोचक कृष्ण बराल र कवि तथा गजलकार केशब आचार्यले परिचर्चा गर्नु भएको थियो । कदम थिएटरले प्रकाशन गरेको कविता संग्रहको बिमोचन कार्यक्रम थिएटरका अध्यक्ष कलाकार हेमन्त बुढाथोकीको अध्यक्षतामा रहेको थियो । कार्यक्रममा कविता संग्रहका सम्पादक बरिष्ठ पत्रकार राजेश ढुंगानाले कविता संग्रहमा रहेका कविताहरुले समाजलाई कसरी संबोधन गरेका छन् भन्ने बिषयमा चर्चा गर्नु भएको थियो । 
कार्यक्रममा नयाँ पुस्ताका कविहरु सपना लिम्बु र नविन प्राचिनले “भुइँकुईरो” कविता संग्रहबाट एक एक वटा कविता वाचन गर्नु भएको थियो । 
३५ वटा कविता रहेको “भुइँकुईरो” कविता संग्रह विमोचन कार्यक्रममा कवि बुढाथोकीले आफुले लेखेका कविताहरुको लेखनीका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा कोशी प्रदेशका बिशिष्ट साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस